बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज वली हाजिर भएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत वलीलाई आज मंगलबार गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले स्वागत गर्दै हाजिर गराउनु भएको थियो । नरैनापुरलाई जिल्लाको नमुना पालिका बनाउने काममा आफूले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत वलीले गरेका छन् । यसअघि विभिन्न पालिका तथा कार्यालयको कार्यालय प्रमुखको रुपमा वलीले कार्यभार सम्हालि सकेका छन् ।
वलीलाई नरैनापुर - २ का वडा अध्यक्ष मसुद अहमद शाह, वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य लगायत कर्मचारीहरुले स्वागत गरेका थिए ।