मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

रुसलाई अविलम्ब अर्थपूर्ण शान्ति र सुरक्षावार्ता गर्न आह्वान

महमूद आलम खान 1132+ समाचार ( )
युक्रेनमा आक्रमण गरेपछि रुसका लागि आफ्ना ‘गल्ती’ बाट हुने क्षति सीमित पार्ने यो मात्र एउटा अवसर भएको जेलेन्स्कीको भनाइ छ ।
५ चैत्र २०७८, शनिबार

एजेन्सी । युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले मस्कोलाई अविलम्ब अर्थपूर्ण शान्ति र सुरक्षावार्ता गर्न आह्वान गरेका छन् ।

उनले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझैपनि मारिओपोलबाट गैरसैनिक नागरिकहरूलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएको समेत बताउँदै रुससँग यस्तो आग्रह गरेका हुुन् ।

तर, युक्रेनमा आक्रमण गरेपछि रुसका लागि आफ्ना ‘गल्ती’ बाट हुने क्षति सीमित पार्ने यो मात्र एउटा अवसर भएको जेलेन्स्कीको भनाइ छ । राति गरेको भिडिओ सम्बोधनमा उनले भने, ‘रुसका लागि उसले गरेका गल्तीहरूबाट हुने क्षति घटाउने केवल यो मात्र एउटा अवसर हो ।’

‘यो भेट्ने बेला हो, यो कुरा गर्ने बेला हो, यो भूमिको अखण्डता र युक्रेनका लागि न्याय पुर्नस्थापित गर्ने बेला हो’ उनले भनेका छन्, ‘अन्यथा रुसको क्षति यस्तो हुन्छ कि त्यो पूर्ति गर्न धेरै पुस्ता लाग्छ ।’

बिबिसीले जनाएअनुसार यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एउटा सभामा बोल्दै आफ्नो सेनाको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार