मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कमल थापामाथि अनुशासनको कारवाही गर्न राप्रपा अध्यक्ष संग माग

महमूद आलम खान 1133+ समाचार ( )
थापाको अप्रजातान्त्रिक रवैया र मानसिक स्वास्थ्यलाई लिएर टिप्पणी
२६ माघ २०७८, बुधवार

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मूल सैद्धान्तिक आधारस्तम्भ राजसंस्था विरुद्ध विष वमन गरेको भन्दै पूर्वअध्यक्ष कमल थापामाथि अनुशासनको कारवाही गर्न राप्रपा बाँकेका नेता मोहम्मद सफिक बेहनाले माग गरेका छन् ।

राजसंस्था र हिन्दु राष्ट्र अनुकूल महाधिवेशनको म्याण्डेट लत्याउने कुचेष्टा गरेको, निर्वाचन संयोजक हरीबहादुर बस्नेत सहित निर्वाचन समितिलाई विवादमा तान्ने दुष्प्रयास गरेको भन्दै थापालाई नसिहत दिनुपर्ने माग गरे ।

सामाजिक संजाल मार्फत देश भित्रबाट मात्र नभएर विदेशमा रहेका राप्रपा समर्थक र शुभचिन्तकहरु पनि थापाको पयालनवादी हर्कतबाट आजित छन् ।

राप्रपाका भूपू अध्यक्ष थापा, राप्रपाको मूख्य सैद्धान्तिक स्तम्भ संवैधानिक राजसंस्था प्रतिकुल गएको भन्दै युवा नेता बेहनाले आपत्ति जनाएका छन् ।

राप्रपाको फेसबुक पेजमा राखिएको एक सुचनाले धेरै कुरा प्रष्ट पारेको छ । ‘कमल थापाले राजा धर्म ६५ करोडमा बेचेको सूचना छ, छानविन गरेर कारवाही गरौ,’ उक्त सार्वजनिक अपिलमा भनिएको छ ।

कतिपयले थापाको अप्रजातान्त्रिक रवैया र मानसिक स्वास्थ्यलाई लिएर टिप्पणी गरेका छन् । राप्रपा समर्थकहरु भन्छन्, ‘चुनावी हारले गर्दा मानसिक सन्तुलन गुमाउने खतरा देख्दै छु म काजी सापको ।’

राप्रपाका युवा नेता रबि बर्मा भन्छन्, ‘राजेन्द्र लिङ्देललाई निर्मल निवासले भोट हालेर विजयी गराएको होइन, राप्रपा भित्रका परिवर्तनकारी कार्यकर्ताहरुले भोट हालेर विजयी गराएका हुन । कुनै अमुक यथास्थितिवादीले हार्दैमा निर्मल निवासमाथि छानबिन गर्नुपर्छ भन्नु पागलपन हो । प्रजातान्त्रिक पद्धतिमा यस्तो कुराको कुनै तुक छैन ।’

राप्रपा खजुराका नेता सुधिर शुक्ला भन्छन्, ‘गलत मान्छेलाई नेता मानेका रहेछौं । आज हामीले नेतृत्व परिवर्तन गरेर पार्टी एजेन्डा र आम कार्यकर्तालाई न्याय ग¥यौं ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार