मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रतिनिधिसभाको मोह, लुम्बिनीका चार सांसदले बुझाए राजीनामा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

दाङ । प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन लुम्बिनी प्रदेशसभाका चार जना सदस्यले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभा बैठक सञ्चालनमा नरहेको अवस्थामा नियमावलीअनुसार सूचना प्रकाशित गरी यसबारे जानकारी गराइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए।

फागुन २१ गते हुने निर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। पाँच वर्षे कार्यकालका लागि निर्वाचित प्रदेशसभा सदस्यहरूले कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पदबाट राजीनामा दिएका हुन्। यसले प्रदेशसभा सदस्यहरूमा प्रतिनिधिसभाप्रतिको आकर्षण देखिएको छ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ४ अनुसार विभिन्न कारण उल्लेख गर्दै उनीहरूले सभामुखसमक्ष लिखित राजीनामा बुझाएका छन्।

राजीनामा दिनेमा दाङ क्षेत्र नम्बर ३ (२) का धनबहादुर मास्की रहेका छन्। उनी नेकपा (एमाले/माओवादी–सम्बन्धित)बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा छन्। यस्तै, बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित नेकपाकी कृष्णा के.सी.ले पनि राजीनामा दिएकी छन्।

त्यसैगरी, बर्दिया क्षेत्र नम्बर २ (२) का धर्मबहादुर चौधरीले राजीनामा दिएका छन्। उनी नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए भने हाल उज्यालो पार्टीका महासचिव रहेका छन्। रुपन्देही क्षेत्र नम्बर ४ (१) का कन्हैया बनियाले पनि पदबाट राजीनामा दिएका छन्। उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए र हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने तयारीमा छन्।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा यी राजीनामापछि अब प्रदेशसभा सदस्य संख्या ८३ मा झर्ने भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार