मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

नरैनापुरमा चौथो अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले १५ स्वर्ण सहित चौथो अध्यक्षकप तथा राष्ट्रपति रनिंगशिल्डको उपाधि जितेको हो ।
२८ माघ २०७९, शनिबार

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकामा चौथो अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले १५ स्वर्ण  सहित चौथो अध्यक्षकप तथा राष्ट्रपति रनिंगशिल्डको उपाधि जितेको हो ।

चौथो अध्यक्षकप तथा राष्ट्रपति रनिंगशिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय मटेहिया दोस्रो र आदर्श माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गरेको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी दिएको हाे ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले खेलकुदले विद्यार्थीहरुमा अनुशासनको पालनासँगै आपसी सद्भाव कायम हुने विश्वास समेत व्यक्त गर्नुभएकाे छ ।

खेलकुदले पालिकाको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुराउन सहयोग गर्ने अध्यक्ष शाहले जिकिर गर्नुभयाे ।

चौथो अध्यक्षकप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनु भयाे ।

गाउँपालिकले शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेको उहाँको भनाइ थियाे । भलिबल, कबड्डी, एथलेटिक्स्, दौड, उफ्रिने, हाइजम्प लङ्गजम्प खेल प्रतियोगितामा समावेश गरिएको थियो ।

प्रतियोगितामा पालिकाका १० वटा विद्यालयहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख कृष्ण चौधरीले जानकारी दिनु भयो । प्रतियोगिताको प्रशिक्षक जनक केसी, नरहरिनाथ योगी लगायत रहनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार