मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

गठबन्धन तोड्दै नेपालगञ्जमा माओवादीले गर्यो एक्लै चुनाव लड्ने घोषणा

महमूद आलम खान 1133+ समाचार ( )
नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेस र जसपालाई प्रमुख पद दिएर तालमेल हुने ठहर गर्दै माओवादीले एक्लै निर्वाचनमा जाने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका समितिले पत्रकार सम्मेलन आयोजना गरि एक्लै चुनाव लड्ने जानकारी गराइएको हो ।
१० वैशाख २०७९, शनिबार

बाँके । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धन जसरी पनि एमाले हराउ अभियानमा लागेको छ । केन्द्रमा एमाले हराउ अभियान चलाएपनि स्थानीय तहमा भने त्यसको उल्टो भएको छ । गठबन्धन तोड्दै नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाले एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेस र जसपालाई प्रमुख पद दिएर तालमेल हुने ठहर गर्दै माओवादीले एक्लै निर्वाचनमा जाने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका समितिले पत्रकार सम्मेलन आयोजना गरि एक्लै चुनाव लड्ने जानकारी गराइएको हो ।

नेकपा माओवादी केन्द्र नेपालगन्ज समितिका अध्यक्ष रतन शाहीले माओवादी एक्लै चुनाव लड्न सक्षम भएकाले गठबन्धन भन्दा पनि एक्लै चुनावमा जाने निर्णय गरेको बताए । माओवादी कार्यकर्ताको भावनालाई सम्मान गर्दै आगामी निर्वाचनमा कुनै दलसँग तालमेल नगरी एक्लै चुनावमा जानुपर्ने भन्दै सोही अनुसार निर्णय गरेको नगर अध्यक्ष शाहीले बताए ।

गठबन्धनमा रहेका दलहरुले मेयर र उपमेयर बाहेक वडामा एक्लै चुनाव लड्न भने पछि माओवादीले अर्को दलको उम्मेदवारलाई स्विकार गर्न नसकिने भन्दै शाहीले पार्टीको अस्तित्व जोगाउन एक्लै निर्वाचनमा जाने तयारी भएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार