मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

मागेका योजना छनोट नहुने प्रवृत्ति अन्त्य गर्न मुख्यमन्त्री संग नरैनापुरका अध्यक्ष शाहको माग

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
५ मंगशिर २०८१, बुधवार

बाँके । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्य बाँकेको नरैनापुर पुगे पछि गाउँपालिकाले आज बुधबार स्वागत गरेको छ । स्वागत कार्यक्रममा बोल्दै मुख्य मन्त्री आचार्यकले उत्पादनमुखी कार्यक्रम तथा योजनामा जोड दिन पालिकालाई निर्देशन दिनु भयो । नागरिकको आयआर्जन वृद्धि गर्न उत्पादनमुखी आयोजना आवश्यकता भएकाले उहाँले यस्तो निर्देशन दिनु भएको हो ।

नरैनापुर आउनु भएका मुख्यमन्त्री आचार्यले स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत्, कृषि, पूर्वाधारलगायत क्षेत्रमा आधारभूत विकास भइसकेकाले अब उत्पादनशील काममै जोड दिनुपर्ने उहाँको भनाइ छ ।

संघीयतापछि दूरदराजमा आधारभूत विकास भइसकेको र विकास भएका संरचनाको सेवा उपभोग गर्न सक्ने खाले नागरिकको आयस्तर वृद्धि गर्न आवश्यक रहेकामा उहाँले जोड दिनु भयो ।

खानेपानी, कृषि, स्वास्थ्य, शिक्षाका विभिन्न अवसरमा पनि विपन्न नागरिक आर्थिक अभावका कारण पछि परेकाले नरैनापुरको समृद्धि नागरिकको आयस्तर वृद्धिबिना सम्भव नभएको उहाँको भनाई थियो । 

प्रदेश र स्थानीय तहको कुल बजेटको ५० प्रतिशत बजेट पूर्वाधार विकासमा मात्रै गइरहेको छ । विकास निर्माण भएका पूर्वाधारको सेवा उपभोग गर्ने नागरिकको आयस्तर नभएको उहाँको भनाइ छ ।

टुक्रे बजेट र योजनाले नागरिकको आयस्तर वृद्धि हुने स्थिति नभएकाले स्थानीय तहलाई योजना बनाएर विकास गर्न र विकास माग्नसमेत मुख्यमन्त्री आचार्यले सुझाव दिनु भयो ।

स्थानीय तहसँग प्रभावकारी समन्वय नभएका कारण प्रदेशबाट आउने योजना आवश्यकतामुखी नभएको गुनासो आएको मुख्य मन्त्री आचार्यकले बताउनु भएको थियो । नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले मुख्यमन्त्री आचार्यलाई सिफारिस गरेका योजना पठाउन माग गरेका छन् । नरैनापुर गाउँपालिका अध्यक्ष भन्नुभयो, ‘प्रदेशमा धेरै पटक योजना माग गरियो तर माग भएका योजना कहिले परेनन् । योजना सधैँ झ्यालबाट आउन थालेपछि माग्न छाडियो । आवश्यकताअनुसार योजना आउने वातावरण लुम्बिनीमा छैन ।’

अध्यक्ष शाहले समुदायबाट माग भई आएका योजना कहिले नआउने र सांसद, मन्त्रीका कार्यकर्ता भरणपोषण योजना आउने गलत प्रवृत्ति अन्त्य गर्नसमेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । 

पालिकाका तर्फबाट ११ बुँदे माग पत्र मुख्य मन्त्रीलाई हस्तान्तरण गर्दै राजनीति शक्तिका आधारमा आउने योजनाले समुदायको हित नभएको बताउदै भन्नुभयो, प्रदेशभन्दा स्थानीय तहले नागरिकको आयस्तर वृद्धि हुने भएकोले सोही बमोजिमको कार्यक्रममा जोड दिँदै आएको बताउनु भएको थियो । कार्यक्रममा नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी, लेखा अधिकृत भरत बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार