मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा , भेटघाटको तालिका सार्वजनिक

महमूद आलम खान 1133+ समाचार ( )
बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि लुम्बिनी आएका मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।
२ जेठ २०७९, सोमबार

भैरहवा । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् ।

भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट सोमबार बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् । हेलिकप्टरबाट ओर्लिएपछि मोदीले एकत्रित भएका सर्वसाधारणलाई हात हल्लाएर अभिवादन गरेका थिए ।

बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि लुम्बिनी आएका मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।

यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालयनजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई स्वागतका छन् ।

एकदिने भ्रमणका आएका मोदीको करिब ८ घण्टा लुम्बिनीमा बिताउने छन् । उनले ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ ः २० परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग भेट गर्ने, १२ः ३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः ३० मा प्रधानमन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुनेछन ।

त्यसलगत्तै उनी २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने, ३ः ३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार