मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय निकायलाई परिवारको आग्रह

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२७ अशोज २०८२, सोमबार

कञ्चनपुर । दुई वर्षदेखि हमासको कब्जामा रहेका भनिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात छ ।

बन्धकहरू रिहाइ हुने क्रममा आज बिहान इजरायली सेनाले विपिनको परिवारलाई सम्पर्क गर्दै विपिन जोशी जीवित बन्धकको सूचीमा नरहेको जानकारी गराएको छ । विपिनको रिहाइकै लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन तीन साताअघि अमेरिका पुगेका विपिनकि आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अहिले पनि विपिनको सकुशल रिहाइको लागि विभिन्न निकायसँग भेटघाटमा हुनुहुन्छ । 

कञ्चनपुरमा रहनु भएका विपिनका दाजु किशोर कुमार जोशीले रेडियो नेपालसँग कुरा गर्दै इजरायलले सुनाएको खबरले विपिनको रिहाइको प्रतीक्षामा रहेका परिवार र आम नेपाली तथा शुभचिन्तकहरूलाई दुखित बनाएको प्रतिक्रिया दिनुभयो । यद्यपि परिवार अझैसम्म पनि विपिन सकुशल रहेकोमा आशावादी छ । अज्ञात अवस्थाले खुसी हुन नदिए पनि अझै पर्खाइमा रहन बाध्य पारेको उहाँको भनाइ छ । दुई वर्ष लामो समयसम्म विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेको जोशी परिवार अझै विपिनको रिहाइको पर्खाइमा छ ।

विपिनको अवस्था पत्ता लगाई सार्वजनिक गर्न जोशी परिवारले इजरायल, हमास, मध्यस्थता गरिरहेका राष्ट्रहरू र अन्तर्राष्ट्रिय निकायहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार