मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

महाकाली मन्दिर परिसरमा योग समिति नेपालको ३९औं योग केन्द्र शुभारम्भ

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
४ जेठ २०८२, शनिबार

नेपालगञ्ज । बाँके जिल्लामा दर्ता भएको पहिलो र एक मात्र आधिकारिक योग संस्था योग समिति नेपालले आज नेपालगञ्जको मुटु मानिने त्रिभुवनचोकको पूर्वस्थित महाकाली मन्दिर परिसरमा विशेष महिलाहरूलाई लक्षित गरी ३९औं योग केन्द्रको भव्य शुभारम्भ सम्पन्न गरेको छ। याेग समिती नेपालका परिकल्पनाकार एवं याेग गुरु अायुर्वेदाचार्यकाे अध्यक्षतामा भएकाे उक्त उद्घाटन कार्यक्रममा याेग समिती नेपालका केन्द्रीय सल्लाहकारद्वय, केन्द्रिय समितिका पदाधिकारीहरू निर्मला शाह, लोकमाया सुवेदी, अम्बिका कोइराला, टंक पौडेल, मन्दरा शर्मा, झबी शर्मा, प्रेम केसी, दिपक थापा, प्रमोद अग्रवाल, सबिता शर्मा, अधिवक्ता बसन्त गौतम, योग प्रशिक्षक, आजीवन सदस्य, साधारण सदस्य, बैस्य समाजका अध्यक्ष, उपाध्यक्ष, महासचिव, समाजसेवी, पत्रकार तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्पूर्ण योग साधकहरुलाई हार्दिक स्वागत संस्थापक सल्लाहकार नन्दलाल बैस्यले गर्नुभएको थियो भने । कार्यक्रममा केन्द्रको उद्देश्य र भावी कार्यदिशाबारे ३९औं योग केन्द्रकी संयोजक प्रशिक्षक संगीता बैस्यले प्रकाश पार्नुभयो।

कार्यक्रममा योग समिति नेपालका कलाकार गायक चक्र मल्लले सन्देशमूलक सांगीतिक प्रस्तुति दिनुभयो।

 समाजसेवि आजीवन सदस्य धु्ब कुमार बैस्यले शुभकामना मन्तव्य दिनुभयकाे थियाे । कार्यक्रमको औपचारिक उद्घाटन योग समिति नेपालका परिकल्पनाकार योगगुरु तथा आयुर्वेदाचार्य गिरिराजज्यूको मार्गदर्शनमा, सल्लाहकार तथा केन्द्रिय पदाधिकारीहरूको सामूहिक उपस्थिति बीच सम्पन्न भयो। कार्यक्रमको विशेष आकर्षण योगगुरुको प्रेरणादायी सम्बोधन, योग आसन, सुस्म क्रिया, ध्यान र प्राथनात्मक अभ्यास रहेको थियो। योगगुरुले आहार–विहार, जीवनशैली सुधार, शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सन्तुलन एवं आत्मा–मन–विचार शुद्धिकरणमार्फत स्थायी स्वास्थ्यको संदेश दिनुभयो। कार्यक्रमको सञ्चालन योग समिति नेपालका सचिव चिरञ्जीवी ज्ञवालीले गर्नुभएको थियो। सोही अवसरमा महाकाली मन्दिर योग व्यवस्थापन समिति समेत गठन गरिएको छ 

मार्गनिर्देशक योगगुरु ,प्रमुख संयोजक संगीता बैस्य , संयोजक प्रिया बैस्य ,सह–संयोजक: ज्योति बैस्य ,सदस्यहरू: सन्ध्या बैस्य, रेखा बैस्य, आरधना बैस्य, मिरा केशरवाल सल्लाहकार लक्ष्मी बैस्य, गीता बैस्य संरक्षक नन्दलाल बैस्य र धु्र्व कुमार बैस्य रहनु भएकाे याेग समिती नेपालका उपाध्यक्ष लाेकमाया सुवदीले बताउनु भयाे । योग समिति नेपालले सम्पूर्ण सदस्य, शुभचिन्तक तथा सहभागीहरूलाई हार्दिक बधाई तथा शुभकामना प्रकट गरेकाे हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार