मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२४ वैशाख २०८३, बिहीबार

काठमाडौँ । संवैधानिक परिषद्‌को बैठकले न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। बिहीबार बसेको परिषद्‌को बैठकले चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

नेपालको न्यायिक इतिहासमा वरीयता मिचेर चौथो रोलक्रममा रहेका शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो। संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३औँ प्रधानन्यायाधीश बन्नेछन्।

सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भएको व्यक्ति प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुने संवैधानिक व्यवस्था छ। त्यसैअनुसार न्याय परिषद्‌ले ६ जनाको नाम पठाएको थियो। जसमा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरि फुयाल, मनोज शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठ थिए।

तर परिषद्‌ले तीन जनालाई पन्छाउँदै शर्माको नाम सिफारिस गरेको हो। वरीयता मिचेर सिफारिस नगर्न चौतर्फी दबाब परे पनि परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहको जोडबलमा उनी प्रधानन्यायाधीश सिफारिस भएका हुन्।

परिषद्को बैठकमा अध्यक्ष शाहसँगै सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बे, कानुनमन्त्री सोविता गौतम, उपसभामुख रुवीकुमारी सहभागी थिए।

संविधान जारी भएपछि उच्च अदालतका न्यायाधीशहरूको पुनः नियुक्ति नभएपछि शर्मा घर गएका थिए। पछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीश हुँदा उनलाई सर्वोच्चको न्यायाधीश बनाइएको थियो।

२०२७ असार ४ गते जन्मिएका शर्मा २०९२ साल असार ३ गते ६५ वर्ष पुग्ने छन्। तर उनी प्रधानन्यायाधीशको कार्यकाल ६ वर्ष हुने हुँदा त्यसअघि नै अवकाश पाउनेछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार