मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

अपराध अनुसन्धान र अभियोजन गर्ने निकायको लापरवाहीका कारण हरिजनको मृत्यु भएको इन्सेकको निष्कर्ष

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
अध्ययन प्रतिवेदनमा कैदी/बन्दी एकले पाएको सजाय अर्कोले भोग्ने गरि कैदी पुर्जि र व्यक्तिसमेत साटिएको, पहिले नै थुनामुक्त हुनपर्ने कैदीको अस्वाभाविक मृत्यु भएको घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरि दोषि उपर कानुन बमोजिम आवश्यक कारवाही र मृतक परिवारलाई उचित क्षतिपुर्तिको माग अध्ययन टोलीले गरेको छ ।
२४ जेठ २०७९, मङ्गलबार

बाँके । रोल्पा कारगारमा मृत्यु भएका सुन्दर हरिजन घटनाका सम्बन्धमा अनुसन्धान, अभियोजनदेखि कारगार प्रशासनको गम्भीर लापरवाही गरेको निष्कर्षसहित अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ ।

इन्सेक, एडभोकसी फोरम, उच्च अदालत बार एशोसिएशन, नेपालगञ्ज एफडब्लुएलडिद्वारा स्थलगत अनुगमन पश्चात जेठ २४ गते पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतिवेदन सार्बजनिक गरिएको छ ।

अपराध अनुसन्धान र अभियोजन गर्ने निकायसमेतको लापरवाहीका कारण हरिजनको मृत्यु भएको अध्ययन प्रतिवेदनले देखाएको छ ।

अपराध अनुसन्धान गर्ने निकाय, अभियोजनकर्ता, प्रतिरक्षि कानुन व्यवशायी र अदालत, नाबालक जोडिएको बिषयमा बाल न्याय प्रति संबेदनसील नभएको । पक्राउ परिसकेपछि उमेर खुल्ने प्रमाण पेश गर्नुपर्ने कानुनी ब्यवस्था रहेको र अदालतमा सुन्दर हरिजनले बयान गर्दा १७ वर्ष भनी आफ्नो उमेर बताएको अवस्थामा पनि त्यस उपर एकिन गरिएको नपाइएको ।

अध्ययन प्रतिवेदनमा कैदी/बन्दी एकले पाएको सजाय अर्कोले भोग्ने गरि कैदी पुर्जि र व्यक्तिसमेत साटिएको, पहिले नै थुनामुक्त हुनपर्ने कैदीको अस्वाभाविक मृत्यु भएको घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरि दोषि उपर कानुन बमोजिम आवश्यक कारवाही र मृतक परिवारलाई उचित क्षतिपुर्तिको माग अध्ययन टोलीले गरेको छ ।

रोल्पा कारागारमा रहेका सुन्दर हरिजनको ०७९ जेठ ४ गते शौचालय भित्र झुण्डिएको अवस्थामा फेला परेपछि हरिजन मृत्युको घटना शंकाष्पद बनेको थियो ।

चोरी मुद्दाको कारण पुर्पक्षका लागी कारागार चलान भएका सुन्दर हरिजन अदालतको फैसला बमोजिम छुट्न पर्नेमा हरिजनको नामबाट हातहतियार खरखजना मुद्दाका विजय बिक्रम शाह छुटेको र कैद भुक्तानी गरि पहिले छुट्नु पर्ने सुन्दर हरिजनको रोल्पा कारागारमा मृत्यु भएको घटनालाई परिवार लगायत अधिकारकर्मीहरूले आशंकाको रुपमा लिएका थिए । पछिल्लो समय सुन्दर हरिजन मृत्यु प्रकरण राष्ट्रियरुपमा चासो र चिन्ताको विषय बनेको छ ।

नेपालका कारागार भित्र श्रृखलाबद्ध रुपमा भइरहेको कैदी/बन्दीको अस्वाभाविक मृत्युका घटनाले कारागार व्यवस्थापन र फौजदारी न्याय प्रणालीमा ब्यापक सुधार हुनुपर्ने र यसमा नेपाल सरकारले ठोस कार्ययोजना निर्माण गरि कार्यान्वयन गर्न आवश्यक रहेको प्रतिवेदनले सुझाएको छ ।

यसैगरी, अभियोग दर्ता गराउने बेलामा नै अनिवार्य रुपमा अभियुक्तको पहिचान खुल्ने गरि जन्म मिति सहितको परिचय पत्र राख्नु पर्ने र यो व्यवस्था कारागारका कैदी/बन्दीको हकमा पनि व्यवस्थित रुपमा लागु गरिनु पर्ने ।

कारागार प्रशासनको निगरानी, नियमन र प्रत्यक्ष नियन्त्रणमा रहेका कैदी, बन्दी सुन्दर हरिजन र विजय विक्रम शाह, आफूहरुले एक आपसमा भोगिरहेको सजाय समेतलाई सट्टापट्टा गर्ने कार्य उनीहरूले चाहेर मात्र सम्भव नभएको जनाइएको छ ।

यस घटनामा मुख्य पात्रकारुपमा सुर्खेत निवासी विजय विक्रम शाह देखिएकाले निजको तदारुकताका साथ खोज तलास गरि, घटनाको सत्य तथ्य पत्ता लगाई दोषी देखिएकाहरू उपर कानुनी कारवाही गरिनु पर्दछ ।

रोल्पा घटना एउटा प्रतिनिधि मुलक घटना हो । यस्ता घटनाहरु अन्यत्र पनि घटेका वा घटिरहेका हुन सक्छन् यसतर्फ सरोकारवाला निकाय सजक र सतर्क हुन जरुरी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार