मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

कब्रिस्तानको जग्गा बिक्री भएको छैन्, मिथ्या आरोप लगाउनेहरुलाई कारवाही गर्न माग

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले मुस्लिमहरुको कब्रिस्तानको जग्गाका बिषमा आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
४ श्रावण २०८०, बिहीबार

बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले मुस्लिमहरुको कब्रिस्तानको जग्गाका बिषमा आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

कब्रिस्तानको जग्गा खरिद गर्ने क्रममा पैसा लिएको भनी सामाजिक संजालमा केही व्यक्रिले दिएको अभिव्यक्तिको कडा शब्दमा निन्दा गर्दै पूर्व अध्यक्ष बेहनाले आफूले पैसा लिएको भनी आरोप लगाउनेहरुलाई आरोप प्रमाणित गर्न चेतावनी दिदै आफनो मानहानी गरेको भन्दै बाँके जिल्ला अदालतमा मुद्दा दर्ता गराउने बताए । 

बेहनाले जग्गाबारे सञ्चारमाध्यममा आफ्नो नाम जोडेर प्रकाशित÷प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाए ।

‘समाचारमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा मेरो कुनै संलग्नता नरहेको व्येहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु,’ अध्यक्ष बेहनाले भनेका छन् ।

यसैगरी अतहर हुसेन फारुकीले नियतबस मेरो नाम जोडेर कब्रिस्तानको जग्गा बिक्री गरेको  लगाएको आरोपमा कुनै सत्यता नरहेको बताउदै उनले जग्गा बिक्री गरेको प्रमाणित गर्न चेतावनी दिए । उनले आफनो व्यक्तिगत स्वार्थमा लागेर कब्रिस्तानको जग्गाका विषयमा दिएको अभिव्यक्तिले मुस्लिम समूदायलाई आक्रोशित बनाएको बताउदै मिथ्या आरोप लगाउनेहरुलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धी निकाय संग आग्रह गरे । 

फारुकीले कब्रिस्तानलाई सहयोग गर्ने दाताहरुलाई समेत भ्रष्टाचार गरेको आरोप लगाउदै मृत्यु भई सकेका दाताहरुको नाम जोडर लगाइएको आरोप निन्दनीय भएको बताए ।

कब्रिस्तान संचालक समितिका सचिव हारुन कादरीले कब्रिस्तान भित्र बनेको सटरको भाडा नदिनका लागि केही व्यक्तिहरुले लगाएको आरोपमा कुनै सत्यता नरहेको बताए । उनले जग्गा नापजाँच गरी यथार्थ कुरा सार्वजानिक गर्न माग गर्दै जग्गा कम भए आफूहरुलाई ६ वर्षको सजाय गर्न र जग्गा प्रयाप्त भए आरोप लगाउनेहरु माथि सजाय गर्न सम्बन्धी निकाय संग आग्रह गरे । 

यस्तै निर्वातमान प्रदेश सभा सदस्य याकुब अन्सारीले यस्ता मिथ्या आरोप लगाउनेहरुलाई कानुन बमोजिम कारवाही गर्न सम्बन्धीत निकाय संग अपिल गर्दै कब्रिस्तानको लेखा परिक्षण प्रत्येक वर्ष हुदै आएको जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार