बाँके । बुधबार राति नेपालगञ्ज उपमहानगरपालिका १ मा रहेको राम जानकी मन्दिरबाट चोरी भएको मुर्ती लगायतका विभिन्न सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको जानकारी पाउने बित्तिकै वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले नेपालगञ्ज १ बस्ने २५ वर्षिय असरफ बागवानको साथबाट ३ थान भगवानको मुर्ती, ५ थान घण्टी, २ थान नाग देवताको मुर्ती, ४ थान तामाको लोटा, ३ थान त्रिशुल, एक थान आरती, ८ थान पाला छोप्ने ढक्कन, २ थान पाला, १ थान टिका राख्ने भाँडा, १ थान फलामको सिक्रि, १ थान सानो आरी, १ थान रिन्च नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बगवानलाई प्रहरीले नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको वडा प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो ।