मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

डुडुवा गाउँपालिकामा आगजनी प्रयास, युवाहरूले सुरक्षा गरेपछि भ्रष्टाचारविरुद्ध प्रदर्शनको घोषणा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
रक्सी फेला परेको घटना सार्वजनिक भएपछि युवाहरूले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको तत्काल राजीनामा माग गरेका छन्। उनीहरूले आज बिहिबार देखि निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
२ अशोज २०८२, बिहीबार

बाँके । जेन–जी आन्दोलन उत्कर्षमा पुगेको बेला बाँकेको डुडुवा गाउँपालिका अज्ञात समूहको आगजनी प्रयासको निशानामा पर्‍यो। गत भाद्र २४ गते राति पालिकाको भवनमा आगजनी गर्ने प्रयास भएको भए पनि स्थानीय युवाहरूको सक्रियताले ठूलो क्षति हुन पाएन।

आगो नियन्त्रणमा लिने क्रममा युवाहरूले कार्यालयभित्र लाखौँ रुपैयाँ बराबरको मदिरा फेला पारे। यो घटनापछि उनीहरू आक्रोशित बनेका छन्।

डुडुवाका युवा रमजान अलिले भने, “गाउँपालिकाले विकासको नाममा रकम खर्च गर्छ भन्थ्यौं, तर कार्यालयमै लाखौँको रक्सी भेट्दा हामी स्तब्ध भयौँ। यो कार्यालय होइन, भ्रष्टाचारको भण्डार रहेछ।”

त्यस्तै अर्का युवा सुहैल खानले भने, “आगजनीभन्दा ठूलो अपराध त कार्यालयमै अवैध रक्सी भण्डारण गर्नु हो। यसले यहाँको नेतृत्व नै पतित भएको प्रमाणित गर्छ।”

रक्सी फेला परेको घटना सार्वजनिक भएपछि युवाहरूले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको तत्काल राजीनामा माग गरेका छन्। उनीहरूले आज बिहिबार देखि निरन्तर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

स्थानीय देवकला सुवेदी भन्छिन्, “हामी जनताले आफ्नो समस्या बोकेर यिनै नेताहरूसमक्ष गएका थियौँ । तर, कार्यालयभित्र यस्तो अनियमितता देख्दा विश्वास टुट्यो। अब जनताले नै परिवर्तन ल्याउनुपर्ने देखिन्छ।”

यसैबीच, जिल्ला प्रशासन कार्यालय बाँकेका एक अधिकारीले भने, “घटना बारे अनुसन्धान भइरहेको छ। युवाहरूले देखाएको असन्तुष्टि जायज छ। तर, आन्दोलन शान्तिपूर्ण ढंगले होस् भन्ने हाम्रो अपेक्षा छ।”

युवाहरूले भने, डुडुवा गाउँपालिकामा भ्रष्टाचार र अनियमितता संस्थागत रूपमा भइरहेको भन्दै निरन्तर दबाब सिर्जना गर्ने अठोट लिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार