बाँके । बाँके जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको आदेश पछि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
नेपालगन्ज क्षेत्रमा साम्प्रदायिक दंगा भड्किन नदिन प्रशासन कार्यालयले मंगलबार मध्याह्न देखि कर्फ्यू आदेश जारी गरेको हो।
केही दिनदेखि दुई धार्मिक समुदायबीच विवादहरू उत्पन्न हुँदै आएको थियो।
मंगलबार हिन्दू धर्मावलम्बीहरुले नेपालबगन्ज बजार बन्दको आह्वान गरी प्रर्दशन गरे पछि स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्लालयले जनाएको छ ।