मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सामुदायिक विद्यालयमा प्रारम्भिक पहिचान टोलीको सक्रियता बढ्यो

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
बाँके जिल्ला को ८ वटै स्थानीय तहका ३६३ विद्यालय मा अपांगता तथा कार्यगत सिमितता को पहिचान गरि पठनपाठन सीप सुधार गर्न बिद्यालय स्तरमा शैक्षिक सहयोग टोलि गठन गरेको छ ।
२७ भाद्र २०७९, सोमबार

बन्दना सोनी

बाँके । बाँके जिल्ला को ८ वटै स्थानीय तहका ३६३ विद्यालय मा अपांगता तथा कार्यगत सिमितता को पहिचान गरि पठनपाठन सीप सुधार गर्न बिद्यालय स्तरमा शैक्षिक सहयोग टोलि गठन गरेको छ ।

उक्त टोलिको क्षमता अभिबृद्धि गर्न टोलि लाई अभिमुखिकरण कार्यक्रम संचालन मा आएको अपांग सशक्तिकरण एबम संचार केन्द्र (डेक नेपाल) ले जनाएको छ । यसै क्रममा नेपालगंजको सबै सामुदायिक बिद्यालय तथा मदर्शाहरुमा प्रारम्भिक पहिचानको टोलीका पदाधिकारीहरुलाई एक दिने विद्यालयस्तरीय प्रारम्भिक पहिचान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा युएस एडको आर्थिक सहयोग ,विश्व शिक्षा नेपाल,ह्याण्डिक्याप इन्टरनेशनल (एच आई) सङ्गको साझेदारीमा अपांग सशक्तिकरण एबम संचार केन्द्र (डेक नेपाल) बाँकेद्वारा सञ्चालित"सबैका लागि पढाइ "कार्यक्रम अन्तर्गत विद्यालयस्तरीय एक दिने प्रारम्भिक पहिचान सम्बन्धी अभिमुखीकरण कक्षा १-३ सम्मका बालिकाहरूको कार्यगत सिमितता पहिचान गर्न र कक्षा शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नको लागि यो कार्यक्रमको आयोजना गरिएको हो ।

कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरूको अपांगता तथा कार्यगत सिमितता शुरु मै पत्ता लगाई प्रारम्भिक पहिचान गरि आवश्यक निदान गरि सहायक सामग्री प्रदान, थप जटिलता बाट बचाउन र विद्यार्थीको बैयक्तिक शैक्षिक योजना निर्माण गरि बालबालिकाहरूको स्वास्थ्य अवस्था एवं पठन सीप म सुधार ल्याउन कक्षा शिक्षकहरू तथा टोलिलाई आवश्यक ज्ञान र सीप प्रदान गर्न यस अभिमुखिकरण को लक्ष्य रहेको परियोजना संयोजक गोविन्द फुलाराले जानकारी दिनु भयो ।

यसै क्रममा जय जनता मा.वि का प्रधानाध्यापक रामबहादुर पाण्डे भन्छन् "यो परियोजनाले विगत ४ वर्षदेखि हाम्रो विद्यालयमा काम गर्दै आएको छ जस कारण हाम्रो विद्यालयमा अपाङ्गता भएका बालबालिकाको पहिचानका साथै अपाङ्गता भएका बालबालिकाहरुलाई इमिस सब सिस्टम मार्फत तथ्यांकको गुणस्तरमा निकै सुधार आएको छ र अपाङ्गता भएका विद्यार्थीहरुको संख्या सुनिश्चित भए पश्चात् हामी ती बालबालिकाको लागि सेवा सुविधा दिन सजिलो भएको बताउनु भयो ।

यस परियोजले समय समयमा प्रारम्भिक पहिचान सम्बन्धि अभिमुखीकरण, विद्यालय सुधार योजना सम्बन्धी अभिमुखीकरण ,स्थानीय स्तरमा उपलब्ध हुने सस्तो र सुलभ स्रोत-साधनबाट शैक्षिक सामग्री बनाउने उपलब्धिमूलक कार्यक्रमले विद्यालयमा निकै टेवा पुर्याएको छ।

बालविकास देखि कक्षा ३ सम्मका बालबालिकाहरूको प्रारम्भिक पहिचान गरि हेराई,सुनाई हिडाईमा समस्या भएका बालबालिकालाई अस्पतालमा रेफर गरि विद्यार्थीलाई सम्बन्धित बिज्ञ चिकित्सक को सल्लाह अनुसार सहायक सामग्री तथा सेवा उपलब्ध गराएको छ र संज्ञानात्मक कठिनाई भएका बालबालिकालाई सम्बन्धित डाक्टरबाट चेक जाँच गराई सम्बन्धित विद्यार्थीको कठिनाइ स्तर पत्ता लगाई सिकाइमा कठिनाई भएको बालबालिकाहरूको वैयक्तिक शैक्षिक योजना बनाई पठन सीप सुधारमा धेरै सहयोग गरेको छ। यो कार्यक्रमलाई निरन्तरता लागि विद्यार्थी लेखाजोखा प्राबिधिक समिति सदस्य तथा ज्ञानसागर मावि नेपालगंज १७ का डाटा अपरेटर शिवशरण उपध्यायले आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार