मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

गर्भवती महिलालाई अब गाउँमै सहज स्वास्थ्य जाँच

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२३ माघ २०८२, बिहीबार

बाँके । बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्सरे) सेवा सुरु भएको छ । गाउँपालिकामै पहिलोपटक वडा नम्बर ५ स्थित बेलहारी स्वास्थ्य चौकीबाट उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

लुम्बिनी प्रदेश सरकारले गाउँपालिकाको मागअनुसार उपलब्ध गराएको करिब १२ लाख रुपैयाँ बराबरको अल्ट्रासाउण्ड मेसिन मंगलबार आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष टिका नाथ यादवलाई हस्तान्तरण गरिएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले अध्यक्ष यादव र स्वास्थ्य चौकी इन्चार्ज गंगा मरासिनलाई मेसिन हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभयो ।

यससँगै अब वडा भित्रका गर्भवती महिलाले सामान्य गर्भ जाँचका लागि पालिकाबाहिर वा सदरमुकामसम्म धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । यसअघि गर्भ जाँचका लागि सहरबजार जानु पर्ने अवस्थाका कारण समय, खर्च र झन्झट व्यहोर्दै आएका ग्रामीण भेगका महिलाहरूका लागि सेवा अत्यन्तै राहतपूर्ण हुने अपेक्षा गरिएको छ । अल्ट्रासाउण्ड सेवा प्रवाहका लागि तालिम प्राप्त एक जना अनमीको समेत व्यवस्था गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष छब्बन खाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्नु पालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै यसले आमा तथा शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

वडा अध्यक्ष टिका नाथ यादवले अल्ट्रासाउण्ड सेवा सुरु भएसँगै स्वास्थ्य सेवा प्रवाहमा थप सहजता आएको बताउँदै वडाको बजेटबाट क्यालसियम औषधि निःशुल्क वितरण गर्ने कार्य पनि निरन्तर भइरहेको जानकारी दिनुभयो । उहाँले पालिकाका सबै ६ वटै वडामा चरणबद्ध रूपमा उक्त सेवालाई विस्तार गर्ने विषयमा कार्यपालिकाबाट निर्णय गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य शाखा प्रमुख दल बहादुर रानाले वडा नम्बर १ र २ मा अल्ट्रासाउण्ड सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको स्मरण गराउँदै आज वडा नम्बर ५ मा सेवा विस्तार गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा अन्य वडामा पनि सेवा विस्तार गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य राम अचल धोबी, कान्ति काँदु, स्वास्थ्य चौकी इन्चार्ज गंगा मरासिनी, महिला स्वयंसेविका लगायत जनप्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार