बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २५ जना घाइते भएका छन् ।
चितवनबाट नेपालगन्ज आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।
प्रहरीका अनुसार प्रहरी घटनास्थलमा पुगेर घाइतेहरुको उद्दार गरि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुर्याएको छ । मृतकको सनाखत भईनसकेको राजमार्ग सुरक्षा ट्राफिक प्रहरीका प्रवक्ता डीएसपी होमबहादुर थापाले बताए ।