मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

नेपालगञ्ज ११ मा पनि हात्तीपाइलेको औषधि खुवाउन सुरु, औषधि सेवन गर्न वडा अध्यक्ष र स्वास्थ्यकर्मीको आग्रह

महमूद आलम खान 1133+ समाचार ( )
'नपढेका मान्छेलाई हात्तीपाइले विरुद्धको औषधी नखुवाउँदा रोग लाग्ने खतरा हुन्छ भनेपछि उनीहरु सहजै खान तयार हुन्छन्, तर पढे लेखेका र शिक्षित भनाउँदाहरु खानै मान्दैनन्’, इन्चार्ज कविताको भनाई थियो ।
२८ फाल्गुन २०७८, शनिबार

बाँके । बाँकेमा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु भएको छ। आजदेखि सुरु भएको अभियान एक सातासम्म चल्ने छ। 

हात्तीपाइले बिरुद्धको औषधि नछुटाइ, नडराइ खान नेपालगञ्ज उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष उज्ज्वल सिंह राठौर  र आधारभुत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज कबिता लामिछानेले संयुक्त रुपमा अभियानको उद्घाटन गर्दै आग्रह गर्नु भएको थियो ।

नेपालगञ्ज ११ मा हात्ती पाइले रोग बिरुद्धको अभियानमा डटेर लाग्ने वडा अध्यक्ष राठौर, सामाजिक संघसंस्थाहरुले प्रतिबद्धता जनाएकाछन् ।

नेपालगञ्ज उपमहानगरपालिका ११ को आधारभूत स्वास्थ्य सेवा केन्द्रले हात्ती पाइले रोग निवारणका लागि आज शनिबारबाट सुरु भएको औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सहयोग गरिदिन सबै संग आग्रह गरेको इन्चार्ज कबिताले जानकारी दिनु भयो ।

वडामा अभियानको शुभारम्भ गर्दै केन्द्रका इन्चार्ज कबिताले यो औषधि खाँदा जिबनभर हात्ती पाइले रोगबाट बच्न सकिने भन्दै नडराइ एवं नछुटाइ खान अपिल गर्नु भयो । इन्चार्ज कविताले वडामा महिला स्वास्थ्य स्वयंसेविका संगै स्वास्थ्यकर्मीको रोहबरमा नापेर औषधि खुवाउने कार्यक्रम जारी रहेको बताउनु भयो । 

आजबाट सुरु भएको हात्तीपाइले विरुद्धको औषधी खुवाउने अभियानमा खटिएकी नेपाालगञ्ज ११ मा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज कबिताले युथ टुडे न्युज संग कुरा गर्दै भन्नुभयो, पढे लेखेको र जान्ने बुझ्नेहरुले नै औषधी सेवन गर्न नमानेपछि समस्या हुने गरेको बताउनु भयो ।

'नपढेका मान्छेलाई हात्तीपाइले विरुद्धको औषधी नखुवाउँदा रोग लाग्ने खतरा हुन्छ भनेपछि उनीहरु सहजै खान तयार हुन्छन्, तर पढे लेखेका र शिक्षित भनाउँदाहरु खानै मान्दैनन्’, इन्चार्ज कविताको भनाई थियो ।

१० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि आजबाट खुवाउन सुरु गरिएको छ । झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन सुरु गरिएको छ । तीमध्ये झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाउन सुरु गरिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार