बाँके । बाँकेको नेपालगंजमा रहेको बिद्यालय र मदरसा मध्ये १६ वटामा संचालन भएको मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँकेमा प्रभावकारी बनेको नेपालगंज शिक्षा शाखाका अधिकृत लोकेन्द्र शाहीले बताउनु भयो ।
नेपालगंजको १६ वटा बिद्यालयमा सुरु भएको उक्त कार्यक्रममा खानेपानी, शौचालय, घेरबार, पर्खाल, रंग रोवन, माटो पटान लगायको काम सम्पन्न गरे पछि विद्यालयहरुले रकम भुक्तानी माग गरेका छन् ।
शिक्षा शाखाका अधिकृत लोकेन्द्र शाहीले मुख्यन्त्री शैक्षिक सुधार कार्यक्रमको कार्यविधि अन्तरगत रहेर नेपालगंजको बिद्यालयमा संचालन भएको कार्यक्रमको नियमित अनुगमन गरेको बताउदै उहाँले शिक्षा क्षेत्रलाई उक्त कार्यक्रमले मद्दत गरेको जिकिर गर्नु भयो ।