मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

अस्पतालमा रगत संकट बढ्दै, जानकी–५ ले गर्‍यो आकस्मिक रक्तदान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
११ जेठ २०८३, सोमबार

बाँके । अत्यधिक गर्मीका कारण रक्तदान कार्यक्रम घट्दै जाँदा बाँकेका अस्पतालमा रगत अभाव चर्किएको अवस्थामा जानकी गाउँपालिका वडा नं. ५ ले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्दै उदाहरणीय पहल गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले रगतको स्टक न्यून हुँदै गएको जानकारी दिएपछि वडा कार्यालयको पहलमा आयोजित कार्यक्रममा २० जनाले रक्तदान गरेका हुन् ।

कार्यक्रमको उद्घाटन वडा अध्यक्ष टिका नाथ यादवले स्वयं रक्तदान गरेर गर्नुभएको थियो। नेपाल गरिबी निवारण तथा समाज बिकास केन्द्र र स्थानीय युवाहरुको सक्रिय सहयोगमा सम्पन्न कार्यक्रममा वडा सदस्य कान्ति काँदु, सरिफ खाँ, सामाजिक अभियन्ता राजन बर्मा, मनमोहन बर्मा, जगत बर्मा, बिमल बर्मा, साबितराम बर्मा लगायत स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

वडा अध्यक्ष यादवले ग्रामीण क्षेत्रमा अझै पनि रक्तदानप्रति डर र भ्रम रहेको उल्लेख गर्दै मानिसहरुलाई “रगत लिन मात्रै होइन, दिन पनि तयार हुनुपर्छ” भन्ने सन्देश दिन गाउँमै कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले आपत्कालीन अवस्थामा धेरैको ज्यान बचाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीका अनुसार गर्मी मौसम सुरु भएसँगै रक्तदान कार्यक्रम कम हुँदा रगत सङ्कलन न्यून भएको छ भने बिरामीको चाप बढ्दै जाँदा माग अत्यधिक बढेको छ।

उहाँका अनुसार पश्चिम नेपालका तीन प्रदेशबाट उपचारका लागि बिरामी आउने भएकाले बाँकेका अस्पतालमा दैनिक ठूलो मात्रामा रगत आवश्यक पर्ने गरेको छ। हाल रक्तसञ्चार केन्द्रमा विभिन्न समूहको गरी ४०/५० पिन्टभन्दा बढी रगत स्टकमा नरहेको र मागअनुसार आपूर्ति गर्न कठिन भइरहेको उहाँले बताउनुभयो।

रक्तदान भएको दिन मात्रै सहज रुपमा रगत उपलब्ध हुने र अन्य समयमा अभाव झेल्नुपर्ने अवस्था रहेको भन्दै प्रमुख रेग्मीले सामाजिक सञ्जालमार्फत रक्त समूह नै उल्लेख गरेर रगत माग गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी दिनुभयो । 

नेपालगन्ज, खजुरा र कोहलपुरका अस्पतालमा दैनिक कम्तीमा ८० देखि एक सय पिन्ट रगत आवश्यक पर्ने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ। बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा राख्न सकिए अभावको समस्या धेरै हदसम्म समाधान हुने नेपाल रेडक्रस सोसाइटीको भनाइ छ।

थालेसिमिया र सिकलसेलका बिरामीलाई नियमित रुपमा रगत आवश्यक पर्ने भएकाले पनि रक्तदानलाई निरन्तर अभियानका रुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार