मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जसपामा महाभुकम्प : केन्द्रीय सदस्यसहितका नेताहरुद्वारा सामूहिक राजीनामा

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
जसपाका केन्द्रीय परिषद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका दर्जन नेता कार्यकर्ताले एक कार्यक्रम गरि पार्टीबाट सामुहिक राजीनामा दिएका हुन् ।
१९ अशोज २०७९, बुधवार

सिरहा । सिरहामा जनता समाजवादी पार्टी (जसपा), नेपालमा पहिरो गएको छ । जसपाको खम्बाको रुपमा रहेको सिरहामा केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएपछि महाभुकम्प गएको हो ।

जसपाका केन्द्रीय परिषद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका दर्जन नेता कार्यकर्ताले एक कार्यक्रम गरि पार्टीबाट सामुहिक राजीनामा दिएका हुन् ।

उनीहरुले पार्टीको नेतृत्वकर्ता नै विधि विधानअनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा स्थापना भइरहेकोले भन्दै सामूहिक राजीनामा दिएको बताएका छन् ।

जसपा नेपालका केन्द्रीय परिषद सदस्य रामचलितर साहले जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिने गरेकोले आफुहरु बाध्य भएर राजीनामा गर्नुपरेको बताएका छन् ।

विकास निर्माणकै कुरा गर्दा जसपा पार्टीले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलाएर पनि बिकास निर्माणको काममा सिरहा शुन्य रहेको उनले गुनासो गरे ।

मधेसवादीको स्थापना भएको बेला विभेदलाई अन्त गर्नका लागि भन्दै जसपा पार्टी स्थापना भएको थियो । तर पार्टीले मुख्य एजेन्डा छोडेर जानथालेपछि आफूहरु पार्टी परित्याग गर्न बाध्य भएको उनको भनाइ छ ।

जसपा पार्टी तानाशाही पार्टी रहेकोले हजारौंको संख्यामा जिल्ला भरिका १७ वटै स्थानीय तहका कार्यकर्ताहरूले पार्टी परित्याग गरेको उनले बताए ।

जसपा नेपालका संघीय परिषद सदस्य राम चलितर साह, प्रदेश सदस्य मनोज सिंह ,प्रदेश सदस्य विना शर्मा, गोलबजार नगर सचिव ज्ञानकुमार सिंह, वरिष्ठ उपाध्यक्ष बिनोद राई र वरिष्ठ राजनीतिज्ञ राम आशिष राई लगायतका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका हुन् । उनीहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने तयारी रहेको एक नेताले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार