मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

क्षयरोग नियन्त्रण सम्बन्धी नरैनापुरमा अर्धवार्षिक समिक्षा सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले रोगीको पहिचान र उपचारमा विशेष ध्यान दिएर लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे
२४ माघ २०७९, मङ्गलबार

बाँके । नरैनापुर गाउँपालिकाले क्षयरोग नियन्त्रण सम्बन्धी अर्धवार्षिक समिक्षा गरेको छ । मंगलबार क्षयरोग सम्बन्धी अर्धवार्षिक समिक्षा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले रोगीको पहिचान र उपचारमा विशेष ध्यान दिएर लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । टोलटोलमा स्वास्थयकर्मी तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुबाट क्षयरोगीहरुको खोजि, पहिचानमा तिब्रताको साथ काम हुनुपर्नेमा जोड दिदै उनले भेटिएका सबैलाई उपचारको दायरामा ल्याउनुपर्ने बताए ।

यस्तै कार्यक्रममा गाउँपालिका वडा नं ६ का अध्यक्ष प्रेम मौर्य लगायतले बोल्दै क्षयरोग निवारणका लागि सबैको हातेमालो आवश्यक रहेको बताएका थिए । कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले पालिकामा क्षयरोगको अवस्था र स्वास्थ्य संस्थाहरुबाट रोग नियन्त्रणका लागि भइरहेका कामको बारेमा प्रस्तुतीकरण राखेका थिए । भने लुकेर बसेका क्षयरोगीहरुको पहिचान गर्न कार्ययोजना तयार गरेको छ । कार्यक्रममा ६ वटै स्वास्थ्य संस्थाका इन्चार्ज तथा क्षयरोगका फोकल पर्सनका साथै सर्भिलेन्स अफिसर बिबेक पौडेल र स्वास्थ्य कार्यालयका मानबहादुर नेपाली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार