मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नरैनापुरमा मतदाता शिक्षा प्रभावकारी बन्दै

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
मत बदर हुन नदिनेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्न अध्यक्ष शाहको निर्देशन
२८ कार्तिक २०७९, सोमबार

नरैनापुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेको नरैनापुर गाँउपालिकाले मतदाता शिक्षा कार्यक्रम संचालन गरेको छ । 

गाँउपालिकाले मतदातालाई मतदान गर्ने तरीकाबारे सिकाउन पालिकाका सबै वडातह हुँदै घरदैलोसम्म मतदाता शिक्षा सञ्चालन गरेको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो ।

निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने सही तरीकाबारे जानकारी गराउन पालिकाको ६ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिनुभयो । ‘यो निर्वाचनमा कतिपय मतदाता पहिलो पटक मतदान गर्दैछन्, उनीहरुलाई मतदान गर्ने तरिकाबारे जानकारी नहुन सक्छ, मतपत्र कसरी पट्याउने लगायतका बारेमा मतदातालाई सिकाइदै छ’– उहाँले भन्नुभयो ।

मतदाता शिक्षा सञ्चालनका लागि सबै वडामा एक–एकजना स्वयंसेवक परिचालन गरिएको बताउदै प्रमुख प्रशासकिय अधिकृत खरालले मंसिर १ गतेसम्म सबै वडा हुँदै घरदैलोसम्म मतदाता शिक्षा पुग्ने गरेर मतदाता शिक्षा सञ्चालन गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘निर्वाचन आयोगको मापदण्ड अनुसार वडा–वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।’ मतदाताले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी दुईवटा र प्रदेशसभातर्फ पनि त्यसरी नै अलग–अलग दुईवटा मतपत्रमा मत हाल्नुपर्नेछ ।

नरैनापुर गाँउपालिका अध्यक्ष शाहले भन्नुभयो,‘स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुन सकेन, त्यसले गर्दा मत बढी बदर भयो ।’ उहाँले भन्नुभयो,‘मतदाता शिक्षालाई प्रभावकारी बनाउन सकिए बदर मत न्यूनीकरण गर्न सकिन्छ ।’ अध्यक्ष शाहले मतदाताको सक्रिय सहभागिता र मत बदर हुन नदिनेगरी मतदाता शिक्षा कार्यक्रम संचालन गर्न निर्देशन दिनु भएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार