मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

डुडुवाको ५६ करोड बजेट सार्वजनिक

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

बाँके । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज बसेको १८औं गाउँसभाले दुई वटा विधियेक, नीति तथा कार्यक्रम र रु. ५६ करोड १६ लाख ८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । 

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, सूचना तथा सञ्चार, लघुउद्यम विकास कार्यक्रम, विकास निर्माण, संस्थागात विकास लगायतका क्षेत्रलाई समेटी नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । संघिय सशर्त अनुदान चालुतर्फ रु. २४ करोड २५ लाख, संघिय समपुरक अनुदानतर्फ रु. १ करोड, विशेष अनुदान (प्रदेश) तर्फ रु. १८ लाख, समपुरक अनुदान प्रदेशतर्फ रु. ७५ लाख, प्रदेश सशर्त अनुदान रु. १ करोड २० लाख र आन्तरिक आयतर्फ रु. ५ करोड ८७ लाख प्रस्तावित बजेट प्रस्तुत गरिएको हो ।  

नयाँ आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

कृषि विकास कार्यक्रम तर्फ :

१. कृषि विकास कार्यक्रम अन्तर्गत बिउ प्रशोधन केन्द्रको संचालनबाट आ.ब. २०८१/०८२ मा १५ मेट्रिक टन विउ प्रसोधन गरी वितरण गरिएको र आ.ब. २०८२/०८३ मा सबै कृषकलाई पुग्ने गरी विउ प्रशोधन तथा विक्री वितरण गर्ने नीति लिइएको छ । 

२. डुडुवा गाउँपालिका तरकारी उत्पादनको पकेट क्षेत्र रहेको र जिल्लामा आपूर्ति हुने तरकारीको मुख्य हिस्सा डुडुवाबाट आपूर्ति हुने हुँदा शित भण्डार निर्माणबाट तरकारी तथा फलफूल भण्डारण गर्न स्थानीय कृषकको उत्पादन सस्तो मूल्यमा बिक्रि गर्नुपर्ने र स्टोरको लागि टाढा लैजाँदा कृषकको खर्च बढी हुने समस्या समाधान भई आफ्नो उत्पादन स्टोर गरी बढी मूल्यमा बिक्रि वितरण गर्न सकियोस् भनी वडा नं. ६ मा कोल्ड स्टोर निर्माण कार्यको ९० प्रतिशत निर्माण कार्य भएको तथा आ.ब. २०८२/०८३ मा सञ्चालनमा ल्याउने गरी कार्य भइरहेको ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार