मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सहकारी ठगी प्रकरणमा जीबी राई संगै रास्वपाका सभापति लामिछाने पनि तानिए

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

काठमाडौं । सहकारी ठगी प्रकरणमा जीबी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सम्पत्ति शुद्धिकरणमा पनि तानिएका छन् ।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका विभिन्न एकाइले अनुसन्धान अघि बढाइरहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि चासो देखाएको हो ।

प्रधानमन्त्री कार्यालयको प्रत्यक्षमातहत रहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जीबी राईसँगै उनका व्यावसायिक साझेदार एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सम्पत्ति एवं कारोबारको खोजी प्रक्रिया अघि बढाएको हो।

सम्पत्ति शुद्धीकरण (मनि लन्डरिङ) सम्बन्धी कसुर जाँचबुझका सिलसिलामा आवश्यक परेकाले रवि लामिछाने र जीबी राई दुवैजनाको नाममा कुनै किसिमको खाता भए नभएको विवरण दिन भन्दै विभागले नेपाल राष्ट्र बैंक तथा सबै बैंकहरूलाई परिपत्र गरेको छ ।

विभागले खाता भए कुन प्रयोजनका लागि खोलेको, त्यसको विवरण, खाता खोल्दा पेस गरेका कागजपत्र (केवाईसी) र खातामा रहेको मौज्दात रकमको अवस्था पनि उपलब्ध गराउन बैंकहरूलाई भनेको छ ।

विभागले ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबहादुर राई (जीबी) र प्रबन्धन निर्देशक रहेका रवि लामिछानेको खाता विवरण उपलब्ध गराउन बैंकहरूलाई भनेको हो ।

पत्रमा विभागले ‘काठमाडौँ महानगरपालिका वडा नम्बर ६ बस्ने लालाचन्द्र लामिछानेको छोरा रवि लामिछाने र ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नम्बर १ बस्ने हरि राईको छोरा गितेन्द्रबहादुर राई को सबै बैंकिङ कारोबार उपलब्ध गराइदिनुहुन’, भनेको छ। विभागले हाल सञ्चालनमा रहेका सबै वाणिज्य बैंकहरूलाई एकसाथ पत्र लेखेको छ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक,नेपाल एसबिआई बैंक,एभरेस्ट बैंक,एनआइसी बैंक, कुमारी बैंक, लक्ष्मी(सनराइज बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक र माच्छापुछ्रे बैंकलाई एकसाथ पत्र लेखेर रविको सम्पत्ति विवरण मागिएको हो।

विभागले दुवैजनाले ती बैंकबाट ऋण लिएको भए त्यसको विवरण र ऋण लिँदा पेस गरेका सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि पनि मागेको छ।

जीबी राईले देशका प्रमुख सहरमा सहकारी अभियान चलाएका थिए। ती सहकारीको रकम गैरकानुनी रूपमा उनी अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा लगानी गरेको विभागको आशंका छ। 

जीबी राईविरूद्ध पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरी ठगी गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । १९ जनाविरूद्ध मुद्दा चलेकामा ५ जना मात्र पक्राउ परेका छन् । राईसहित १४ जना फरार छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार