मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

वैकुण्ठधाम आध्यात्मिक महोत्सवमा मुस्लिम अगुवा शाहद्वारा ५ लाख दान

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
धार्मिक सद्भावको सन्देश दिएको पण्डितको भनाई
२९ कार्तिक २०८१, बिहीबार

नेपालगन्ज । प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सवको भागवत प्रवचनको अन्तिम दिन एक करोड आर्थिक संकलन भएको छ । शुक्रबार समापन सहित आध्यात्मिक प्रवचन जारी राखिने भएपनि दाताहरुले आजै ठुलो संख्यामा कार्यक्रमस्थलमा उपस्थित भएर दान गरेका थिए । आयोजकले दान लिने तथा प्रवचनको कार्यक्रम भोलीपनि जारी रहने जनाएको छ । 

कथा बाचन गरिरहनु भएका शिरोमणी पण्डित दीनबन्धु पोखरेलले "धार्मिक सद्भावको नमूना; ‘वैकुण्ठधाम आध्यात्मिक महोत्सव’ नेपालगंजमा बाँकेका मुस्लिम समुदायका इश्तियाक अहमद शाहबाट रू. ५ लाख दानसहित आरतीमा सरिक, धार्मिक सहिष्णुता र प्रेमको भाव प्रस्तुत, हजारौं भक्त-जनको सहभागिता, आज एकै दिनमा १ करोड भन्दा बढी दान संकलन ।" भनि सामाजिक सञ्जालमा स्टाटस लेख्नु भएको छ ।

मुल समितिका संयोजक डा. सुरेश कुमार कानोडियाले धार्मिक सद्भावको शहरको रुपमा चिनिएको नेपालगञ्जले आज फेरी एउटा उदाहरण प्रस्तुत गरेको बताउँदै बैकुण्ठधाम निर्माणका लागि ५ लाख दान गरिदिनु भएको मा इस्तियाक अहमद शाहलाई धन्यवाद दिनु भयो । उहाँले धार्मिक द्वन्द्व निम्त्याउन खोज्नेहरुलाई शाहबाट शिक्षा लिन समेत आग्रह गर्नु भयो । शाह नरैनापुर गाउँपालिका अध्यक्ष हुन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार