मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

‘संविधान मास्न’ गणतन्त्र बिरोधीहरु सक्रिय - प्रचण्ड

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो संघर्षको बलमा स्थापित गणतन्त्रविरुद्ध अझै गतिविधि भइरहेको बताएका छन् ।
१३ श्रावण २०७९, शुक्रबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो संघर्षको बलमा स्थापित गणतन्त्रविरुद्ध अझै गतिविधि भइरहेको बताएका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र अस्वीकार गर्ने शक्तिको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेको आरोप लगाए ।

अध्यक्ष प्रचण्डले सिँधै ओलीले गणतन्त्र विरोधी गतिविधि गरिरहेको नभने पनि गत वर्ष ‘संविधान मास्न’ लागिपरेकाहरु अहिले पनि सक्रिय रहेकाे भन्दै ओलीप्रति गणतन्त्र विरोधी आरोप लगाएका हुन् ।

प्रचण्डले भने– ‘गणतन्त्रविरुद्धको आवज तपाईंहरुले सुन्नु भएकै छ । विगतमा गणतन्त्र अस्वीकार गर्नेहरु आज पनि राजनीतिमा छन् । उनीहरुको गतिविधि अहिले पनि गणतन्त्र विरोधी छ । गत साल संविधान मास्ने कोसिस गरिएको थियो । त्यसको निरन्तरता अझै पनि छ ।’

प्रचण्डले अहिले पनि राजनीतिको मूलधार आओवादी नै रहेको बताए । वर्तमान व्यवस्था माओवादीकै एजेण्डा भएकाले अहिलेको मूलधार पनि माओवादी नै रहेको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार