बाँके । मानव अधिकार दिवसको पूर्व सन्ध्यामा नेपालगञ्जमा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालयको आयोजनामा बिहीबार साँझ आयोगको कार्यालय रहेकै ठाउँलाई मानब अधिकार चोकको नामाकरण गर्नुका साथै दीप प्रज्वलन गरिएको थियो।
कोरोनाबाट मुक्ति, शान्ति, सामाजिक सद्भाव र राजनीतिक स्थिरताको कामना गर्दै दीप प्रज्वलन गरिएको मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष एवं थर्ड एलायन्स नेपालगञ्जका प्रमुख आलम खानले जानकारी दिनु भयो ।
आयोग नेपालगञ्जका प्रमुख झंकार रावलको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी बिश्वजित तिवारी, शिद्धराज पनेरु, टेकनाथ आचार्य, पत्रकार राकेश मिश्रा, मानव अधिकारकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।