मुख्य समाचार
तीन सयभन्दा बढी विद्यार्थी तथा अभिभावकको निःशुल्क कान परीक्षण | पत्रकारमाथि सांघातिक आक्रमणको २४ घण्टा बित्दा पनि अपराधी पक्राउ परेनन्, प्रहरीको अनुसन्धानमाथि प्रश्नैप्रश्न | पत्रकार आशिष मल्लमाथि रड प्रहार : आक्रमणकारीको तत्काल पहिचान गरी कारबाही गर्न पत्रकारहरूको माग | ४७ युवालाई उद्यमशीलता विकास तालिम, स्वरोजगार र आत्मनिर्भरतातर्फ प्रेरित | भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने | हरेक वर्ष १ करोड २० लाख बालिकाको बालविवाह | सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन कांग्रेसको माग | रोल्पाको सुनिल स्मृति गाउँपालिकाद्वारा नरैनापुरको विकास अभ्यासको अध्ययन | आँखा शिविरबाट २१८ जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया | पुराना कानुन खारेज गरी अर्थतन्त्रलाई सहज बनाउनुपर्छ : अर्थमन्त्री |

कोहलपुर गोल्डकपमा रोमाञ्चक प्रतिस्पर्धा : लालीगुराँसको अन्तिम मिनेट जित

यूथ टुडे समाचारदाता 3695+ समाचार ( )
२२ वैशाख २०८३, मङ्गलबार
बाँके  । बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ थप रोमाञ्चक बन्दै गएको छ। प्रतियोगिताको तेस्रो र चौथो खेलमा लालीगुराँस एसोसियसन क्लब पोखरा र नेपाल पुलिस क्लब विजयी हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।
तेस्रो खेलमा लालीगुराँस एसोसियसन क्लब पोखराले सातादोबाटो युथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै रोमाञ्चक जित दर्ता गर्‍यो । अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले अवसर सिर्जना गरे पनि फिनिसिङमा चुक्दा निर्णायक गोलका लागि खेलको इन्जुरी समय कुर्नुपर्‍यो ।
खेलको ९४औँ मिनेटमा जर्सी नम्बर १८ का रोशन छन्त्यालले गरेको गोल नै जितको आधार बन्यो। उत्कृष्ट प्रदर्शनका लागि छन्त्याल ‘म्यान अफ द म्याच’ घोषित भए। उहाँलाई कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्मा, गोल्डकप सह–संयोजक दीपक वली र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्रदान गर्नु भयो।
त्यसैगरी, चौथो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले साविक विजेता राइसिङ स्टार क्लब सुनवल, नवलपरासीलाई २–० गोल अन्तरले पराजित गर्दै आफ्नो बलियो उपस्थिति देखायो। पुलिसका लागि जर्सी नम्बर ७० का आशिष थारुले २६औँ र ९१औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। दुई गोलका नायक थारु नै ‘म्यान अफ द म्याच’ घोषित भए ।
उनीलाई श्रम संस्कृति पार्टी बाँकेका अध्यक्ष भरतनिधि तिवारी, नेपाली सेनाका सेनानी पुकार शाह र गायक तथा उद्घोषक कोष खड्काले संयुक्त रूपमा नगद पाँच हजार रुपैयाँ र ट्रफी प्रदान गर्नु भएको थियो ।
यससँगै प्रतियोगिताको समूह चरण पूरा भएको छ। समूह चरणबाट कोहलपुर रेसिङ साहारा क्लब, जस्ट जोन एफसी (नाइजेरिया), लालीगुराँस एसोसियसन क्लब पोखरा र नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्। पञ्चकोशी युथ क्लब (सुदूरपश्चिम), रोयल फुटबल क्लब (कर्णाली प्रदेश), सातादोबाटो युथ क्लब काठमाडौँ र राइसिङ स्टार क्लब प्रतियोगिताबाट बाहिरिएका छन् । 
अब प्रतियोगिता सेमिफाइनल चरणमा प्रवेश गर्दैछ। म्याच कमिस्नर दयाराम सापकोटाका अनुसार वैशाख २३ गते पहिलो र २४ गते दोस्रो सेमिफाइनल खेल हुनेछ। फाइनलअघि २५ गते प्रि–म्याच प्रेस कन्फ्रेन्स आयोजना गरिनेछ भने प्रतियोगिताको फाइनल वैशाख २६ गते हुने आयोजकले जनाएको छ। कोहलपुर गोल्डकपले स्थानीय खेलप्रेमीमा उत्साह थप्दै प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार