मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

भेरी अस्पतालमा फिजियोथेरापी सेवा लिनेहरुको संख्या बढ्दै

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
२१ श्रावण २०८२, मङ्गलबार

बाँके । भेरी अस्पतालमा फिजियोथेरापी सेवा लिनेहरुको संख्या बढ्दै गएको छ । भेरी अस्पतालमा सुरु भएको फिजियोथेरापी सेवाको कारण थेरापी गराउनेहरुको संख्यामा बृद्धि भएको अस्पतालले जनाएको छ ।

हाडजोर्नी तथा नशाको समस्या भएका बिरामीहरुले थेरापी सेवा लिन सहज भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताउनु भयो । अध्यक्ष शाहको छोराको मोटरसाइकल दुर्घटनामा परी एसिएल र पिसिएलको शल्यक्रिया पश्चात उक्त सेवा लिन पाएकोमा खुशि व्यक्त गर्नुभयो । उहाँले न्युन शुल्कमा सेवा पाएको र जिल्ला बाहिर गएर सेवा लिनुपर्ने बाध्यता हटेको समेत उल्लेख गर्दै उहाँले नरैनापुर गाउँपालिकामा समेत उक्त सेवा बिस्तारका लागि कार्यपालिकामा छलफल सुरु भएको बताउनु भयो ।

फिजियोथेरापिष्ट बिहानी श्रेष्ठले भन्नुभयो, फिजियोथेरापी सेवा लिन दैनिक बिरामीहरुको संख्या बढीरहेको बताउनुभयो । गत आर्थिक वर्षको ०८१/०८२ को असार मसान्तसम्म ७ हजार ९ सय ५० बिरामीले फिजियोथेरापी सेवा लिएको जानकारी दिनुभयो ।

फिजियोथेरापी सेवा सञ्चालमा आएपछि हाडजोर्नीको उपचारसंगै नसा सम्बन्धी समस्या भएका विरामीले पनि सेवा लिईरहेका छन् । फिजियोथेरापिष्ट श्रेष्ठका अनुसार दैनिक ३० देखि ४० जनाले सेवा लिईरहेका छन् । नशा चुडिएको, खुम्चिएको, च्यापिएको र मासु च्यातिएका बिरामीहरुले समेत फिजियोथेरापी सेवा लिन आउने गरेका छन् ।

श्रेष्ठले विशेष प्राथमिकताका साथ नेपालगञ्ज फिजियोथेरापी क्लिनिक समेत सेवा सञ्चालनमा ल्याएको उल्लेख गर्नु भयो । अस्पतालमा हाडजोर्नी तथा नशा रोगको उपचार तथा अप्रेशन सेवा सुरु भएसँगै फिजियोथेरापी सेवा अत्यावश्यक रहेकाेले नेपालगञ्ज फिजियोथेरापी क्लिनिक संचालनमा ल्याउनु परेको जिकिर गर्नु भयो ।

फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, माँसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार हुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार