मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |
मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |


बाँकेमा पत्रकार शुद्धीकरण गैरकानुनी भएको भन्दै संघर्ष समिति गठन

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
२९ भाद्र २०८०, शुक्रबार

बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाले सदस्यता शुद्धिकरणका नाममा गरेको मनपरी, स्वेच्छाचारिता बिरुद्ध आज नेपालगञ्जमा सदस्यता खारेज भएकाहरुको भेला सम्पन्न भएको छ । 

अग्रज पत्रकार, सञ्चारकर्मीहरुको उपस्थितीमा सम्पन्न भेलाले नेपाल पत्रकार महासंघको बिद्यान, शुद्धिकरण मापदण्ड बिरुद्ध एकरुपता कायम नगरि गरिएको निर्णयको घोर भ्रत्र्सना गरेको छ । 

नेपाल पत्रकार महासंघ बाँकेले सदस्यता शुद्धिकरणका नाममा १५८ जनाको सदस्यता नविकरण नगर्ने निर्णय गर्नुका साथै १७२ जनाको सदस्यता नविकरण गर्ने निर्णय गैरकानुनी र पूर्वाग्रही भएको भेलाले निष्कर्ष निकालेको छ । 

कुनै पनि व्यक्तिलाई कार्वाही गर्दा सो को जानकारी गराउनुका साथै सफाईको मौका दिने कार्य प्राकृतिक न्यायको सिद्धान्त अन्तर्गत पर्दछ– भेला पश्चात जारी गरिएको बिज्ञप्तीमा उल्लेख छ– सो सिद्धान्तलाई समेत आत्मसाथ नगरि कसैलाई काखा, कसैलाई पाखा गर्दै पूर्बाग्रही ढँगले गरिएको सदस्यता नविकरण नगर्ने निर्णय बिरुद्ध ऐक्येबद्धता जनाउनुका साथै नेपाल पत्रकार महासंघ बाँकेद्धारा आयोजना हुने सबै कार्यक्रमहरु बहिष्कार गर्न भेलाले सम्पूर्ण पत्रकाहरुलाई आग्रह गर्दछ । 

नेपाल पत्रकार महासंघको संस्थागत बिकासमा महत्वपूर्ण योगदान दिने अग्रज, बरिष्ठ पत्रकार, शाखाका पूर्ब पदाधिकारीहरुसँग कुनै पनि परामर्श नगरि एकपिक्षय ढँगले सदस्यता नविकरण नगर्ने निर्णय गर्नु अग्रजहरुको अपमान भएको हामीले महसुस गरेका छौं – गैरकानुनी सदस्यता शुद्धिकरण बिरुद्ध संघर्ष समिति, बाँकेका संयोजक शकील अहमद कादरीद्वारी जारी बिज्ञप्तीमा भनिएको छ – कसैलाई बिभिन्न पेशा, व्यवसायमा संलग्न रहेको, निष्क्रिय रहेको भन्दै सदस्यता नविकरण नगर्ने निर्णय गर्नु, बिभिन्न पेशा, व्यवसायमा संलग्न रहँदा, रहँदै पनि कसैको सदस्यता नविकरण गर्ने निर्णय गर्नु बिडम्वना हो । महासंघको अचाक्लि बिरुद्ध निरन्तर बिरोधका कार्यक्रमहरु भईरहँदा समेत महासंघले गरेको बेवास्ता खेदजनक छ । पत्रकारितामा संलग्न रहँदा, रहँदै बिना सूचना सदस्यता नविकरण नगर्ने निर्णय अवैधानिक हो । कोही, कसैलाई अन्याय गर्ने छुट छैन । 

महासंघको अन्याय, बिभेद र पूर्बाग्रहीपूर्ण निर्णय बिरुद्ध भेलाले प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शकील अहमद कादरीको संयोजकत्वमा गैरकानुनी सदस्यता शुद्धिकरण बिरुद्ध संघर्ष समिति गठन गरेको छ ।

समितिको सदस्यमा स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष, असल शासन पोष्ट साप्ताहिकका सम्पादक नमस्कार शाह, प्रेस सेन्टर नेपाल बाँकेका सचिव के.पि. घिमिरे, आजको सामना साप्ताहिकका सम्पादक अजय कुमार गुप्ता, बिहानीको तारा अनलाईनका सम्पादक दिपेन्द्र धिताल, पत्रकार हेमराज भट्ट रहेका छन् । 

भेलामा बोल्दै नेपाल पत्रकार महासंघका पूर्ब केन्द्रीय सदस्य मो. हारुनले नेपाल पत्रकार महासंघ बाँकेले अग्रज पत्रकारहरुलाई सम्मान गर्नुपर्ने ठाउँमा अपमान गरेको बताए । उनले व्यक्तिको अनुहार हेरी निर्णय महासंघले गरेको बताए । 

प्रेस सेन्टरका केन्द्रीय सदस्य डक्ट प्रसाद धितालले महासंघको निर्णयबाट क्रियाशिल पत्रकारहरुलाई अन्याय भएको बताए । कार्यक्रममा बोल्दै बाँकेको पहिलो महिला पत्रकार मुना श्रेष्ठले एकरुपता कायम नगरि गरिएको निर्णय आपत्तिजनक भएको बताईन् । अग्रज पत्रकार, रेडियो हातेमालोका प्रमुख डिल्लि बिसीले अन्यायपूर्ण तरिकाले सदस्यहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरिनु आपत्तिजनक भएको बताए । 

कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले नेपाल पत्रकार महासंघ बाँके पत्रकारहरुको साझा संगठन बन्न नसकेको बताए । कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य रुपनी जि.एम. र रुपा गहतराज लगायतले ऐक्यबद्धता जाहेर गरेका थिए । भेलामा ४० बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार