मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

भेरी अस्पतालमा नेतृत्व परिवर्तन : डा. नवीन दर्नाललाई मेसुको जिम्मेवारी

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
३० वैशाख २०८३, बुधवार

बाँके । भेरी अस्पतालमा आयोजित विशेष कार्यक्रममा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाललाई स्वागत गरिएको छ भने निवर्तमान मेसु डा. निराजन सुवेदीलाई सम्मानपूर्वक बिदाइ गरिएको छ । आत्मीय वातावरणमा सम्पन्न कार्यक्रमले अस्पताल परिवारबीचको सहकार्य, सम्मान र भावनात्मक सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूले बताए ।

कार्यक्रममा बोल्दै अस्पतालका सुचना अधिकारी डा. संकेत रिसालले स्वास्थ्य सेवा केवल प्रशासनिक जिम्मेवारी नभई मानवीय संवेदनासँग जोडिएको महत्वपूर्ण सेवा भएको उल्लेख गर्नुभयो । उहाँले निवर्तमान मेसु डा. निराजन सुवेदीको कार्यकाललाई योगदानमूलक र स्मरणीय रहेको बताउँदै नयाँ मेसु डा. नवीन दर्नाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

नयाँ मेसु डा. नवीन दर्नालले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, समर्पण र टीमवर्कका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै, निवर्तमान मेसु डा. निराजन सुवेदीले आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण अस्पताल परिवारप्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा अस्पताल परिवार, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्वागत मन्तव्य राख्दै म्याट्रोन पद्मा देवकोटाले नेतृत्व परिवर्तन अस्पतालको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै नयाँ नेतृत्वबाट अस्पतालले थप सकारात्मक ऊर्जा र प्रभावकारी सेवा प्रवाह पाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा भेरी अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालले अस्पतालको प्रगति, अनुशासन र सेवाको गुणस्तरलाई अझ मजबुत बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले निवर्तमान मेसु सुवेदीको योगदानको उच्च प्रशंसा गर्दै नयाँ नेतृत्वप्रति पूर्ण विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा निवर्तमान मेसु डा. निराजन सुवेदीलाई माया चिनो, फूलमाला तथा खादासहित सम्मानपूर्वक बिदाइ गरिएको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार