मुख्य समाचार
गृह मन्त्री सुदन गुरुङले दिए पदबाट राजीनामा | जमुनाहा नाकामा उपभोक्तामाथि दुर्व्यवहार: व्यवसायीको ‘चेकजाँच शैली’प्रति चौतर्फी विरोध | स्वास्थ्य चौकीमा लापरवाही : वडा अध्यक्ष टिकानाथ यादवको कडा निगरानी | राष्ट्रको ढुकुटीमा आँखा गाडेकाहरू डराए: गृहमन्त्री गुरुङ | इस्लामाबादमा दोस्रो चरणको वार्ता: इरानी प्रतिनिधि मण्डल र अमेरिकी उपराष्ट्रपति आउँदै | बेल्टार बजार आगलागी : दुई जनाको जलेर मृत्यु | भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टा बन्द | तराई क्षेत्रमा तातो लहरको सम्भावना | गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग | कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय |

पृथ्वी सङ्कटमा रहेको राष्ट्रसङ्घको संकेत

यूथ टुडे समाचारदाता 3319+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

एजेनसी । पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ । राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) को प्रारम्भिक प्रतिवेदनले सन् २०२३ हाल सम्मकै तातो वर्ष रहेको पुष्टि गरेको छ ।

गत वर्ष नजिकको सतहको औसत तापक्रम पूर्वऔद्योगिक स्तरभन्दा एक दशमलव ४५ डिग्री सेल्सियस बढी रहेको डब्ल्यूएमओले बताएको छ । यो एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नजिक हो । सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा मुलुकहरू एक दशमलव पाँच डिग्री सेल्सियसको सीमाबाट बच्न सहमत भएका थिए ।

‘सन् २०२४ ले सन् २०२३ को रेकर्ड तोड्ने उच्च सम्भावना छ,’ डब्लूयुएमओका जलवायु अनुगमन प्रमुख ओमान बद्दुरले भने । प्रतिवेदनको प्रतिक्रिया दिँदै राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी सङ्कटमा रहेको सङ्केत गरे । ‘पृथ्वी सङ्कटमा छ, जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याउँदैछ जसले गर्दा द्रुत गतिमा परिवर्तन भइरहेको छ,’ महासचिव गुटेरेसले चेतावनी दिए ।

डब्ल्यूएमओका अनुसार गत वर्षको औसत तापमान १.४५ डिग्री सेल्सियस थियो। हामी पेरिस सम्झौताको एक दशमलव पाँच डिग्री सेल्सियसको यति नजिक कहिल्यै थिएनौँ, २०२३ ले प्रत्येक जलवायु सूचकका लागि नयाँ रेकर्ड बनायो,’ डब्लूयुएमओ प्रमुख सेलेस्टे साउलोले भने, ‘हामीले २०२३ मा विशेषगरी अभूतपूर्व समुद्रको तातोपन र समुद्री बरफको कमीको अनुभुति ग¥यौँ, यो नै समस्याको विशेष कारण हो।’

डब्ल्यूएमओको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्यान्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीहरुको १० प्रतिशत मात्रा गुमाएको छ । अन्टार्कटिक समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो ।

जलवायु परिवर्तनले बाढी, पहिरो, जैविक विविधतामा क्षति, खाद्य असुरक्षाजस्ता चरम मौसमी घटना तथा समस्याहरू निम्तिरहेका छन्। विश्वभर खाद्य असुरक्षित मानिसको सङ्ख्या दोब्बरले बढ्दै गइरहेको छ, यो सङ्ख्या कोभिड–१९ अघि १४ करोड १९ लाख रहेको थियो भने सन् २०२३ को अन्त्यमा ३३ करोड ३० लाख पुगेको डब्ल्यूएमओले जनाएको छ ।

डब्ल्यूएमओले बढ्दै गरेको नवीकरणीय ऊर्जा उत्पादनलाई भने आशाको किरणका रूपमा प्रस्तुत गरेको छ। सन् २०२२ को तुलनामा गत वर्ष नवीकरणीय ऊर्जा उत्पादन क्षमता– विशेषतः सौर्य, वायु र जलविद्युत्मा ५० प्रतिशतले वृद्धि भएको थियो।

अझै पनि सङ्कटबाट बच्न सक्ने समय रहेकामा महासचिव गुटेरेसले जोड दिए। ‘हामीसँग अझै पनि पृथ्वीको तापक्रम वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा कम राख्ने र जलवायु परिवर्तनको समस्याबाट बच्ने समय छ,’ उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार