मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

बाँके ३ (क) मा गठबन्धनका अधिकारीक उम्मेदवार आईपी हुन, तुफानको राजीनामा माग

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आधिकारिक उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ ।
११ कार्तिक २०७९, शुक्रबार

बाँके । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आधिकारिक उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । केही क्षेत्रमा मैत्रीपूर्ण प्रतिष्पर्धासहित गठबन्धनले साझा उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

प्रतिनिधि सभा तर्फ बाँके २ को क र ख मा गठबन्धन भित्रै मित्रवत प्रतिष्प्रधा हुने भएको छ । यसै गरी बाँके प्रतिनिधि सभा ३ को (क) मा गठबन्धनको अधिकारीक उम्मेदवार माओबादी केन्द्रका नेता आइपी खरेललाई बनाएको छ । मोओबादी केन्द्र बाँकेको नेतृत्व गरी रहेको डम्मर बहादुर बिक (तुफान) को गैरजिम्मेवारीका कारण माओबादी केन्द्र दिन प्रतिदिन कमजोर बन्दै गए पनि प्रदेश र केन्द्रले कुनै वास्ता गरेको छैन् । तुफानले माओबादी केन्द्रको नेतृत्व सम्हाले देखि माओबादी परित्याग गर्नेहरुको संख्या बढदै गएको छ भने पार्टी कार्यालय तुफानको झोलामा रहेको कार्यकर्ताहरुले आरोप लगाउदै आएका छन् । यता निर्वाचनको मुख आएर पार्टीको अधिकारीक उम्मेदवारलाई कमजोर पार्ने गरी काम गरीरहेको भन्दै माओबादी केन्द्र भित्रै द्धन्द सुरु भएको छ । तुफान खजुरा गाँउपालिकाको अध्यक्षमा निर्वाचित भए पछि पार्टी झन झन कमजोर बनेको हो । यता माओबादी केन्द्रले आफनो अधिकारीक उम्मेदवारको लिष्ट सार्वजानिक गरी सक्दा समेत तुफानले मनोपरी तरिकाले आइपीको विरुद्धमा लागेको भन्दै तुफानलाई नैतिकताको आधारमा राजिनामा दिन कार्यकर्ताहरुले माग गरेका छन् ।

प्रतिनिधिसभातर्फ धनुषा-२ मा दुई जनाको उम्मेदवारी परेपछि त्यहाँ मैत्रीपूर्ण प्रतिष्पर्धा हुने भनिएको छ । सो क्षेत्रमा कांग्रेसबाट रामकृष्ण यादव र एकीकृत समाजवादीका रामचन्द्र झा उम्मेदवार छन् । त्यस्तै, सर्लाही-२ मा माओवादीको चिन्ह लिएर प्रतिष्पर्धामा उत्रिएका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादव गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् । गठबन्धनकै अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो पनि त्यहाँ उम्मेदवार छन् । त्यहाँ पनि मित्रवत प्रतिष्पर्धा हुने गठबन्धन दलहरुले बताएका छन् ।

त्यसैगरी,काठमाडौँ-१० मा पनि गठबन्धनका दुई प्रमुख दल नेपाली काँग्रेस र माओवादी केन्द्रको आ-आफ्नै उम्मेदवारी परेको छ । काँग्रेसका राजन केसी र माओवादी केन्द्रका अञ्जना बिशंखेबीच मैत्रीपूर्ण प्रतिष्पर्धा हुने गठबन्धनको निर्णय छ ।

यता, रौतहट-३ मा एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु साहलाई गठबन्धनले आधिकारिक समर्थन गरेको छ । सो क्षेत्रमा माओवादीका धिरज पटेल उम्मेदवार छन् । उनले केन्द्रको हस्तक्षेप स्वीकार नगर्ने यसअघि नै चेतावनी दिएका थिए ।

यी हुन् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फका गठबन्धनका उम्मेदवारहरुः

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार