मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |

खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा १० दिने पत्रकारीता तालिम सुरु

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा उक्त १० दिने आधारभूत पत्रकारीता तालिम शुरु भएको हो ।
१४ फाल्गुन २०७९, आइतबार

बाँके । बाँकेको खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा १० दिने आधारभूत पत्रकारीता तालिम शुरु भएको छ ।

इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा उक्त १० दिने आधारभूत पत्रकारीता तालिम शुरु भएको हो ।

कार्यक्रमको लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना)ले उद्घाटन गर्दै मन्त्री नमुनाले मिडिया भनेको समाजको ऐना भएको बताउँदै समाजमा हुने सबैखाले बिकृती र बिसङ्गतीहरुको बिरुद्ध सचेत र सभ्य तरिकाले समाजलाई परिवर्तन गर्न सक्ने क्षमता पत्रकारसँग रहेको र सोही क्षमतालाई प्रयोग गर्दै सहि तरिकाबाट सूचना तथा समाचार सर्वसाधारणसम्म पुर्‍याउनु पर्ने जिकिर गर्नु भयो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक (तुफान)ले खजुरा क्षेत्रबाट मिडियामा जोडिएका पत्रकारहरू अत्यन्तै कम भएका कारण पत्रकारिता क्षेत्रमा अब्बल उपस्थिति र पहुँच पुराउनका लागि गाउँपालिकाको कार्य योजना अन्तर्गत यो तालिम संचालन गरेको बताउनुभयो ।

इलुमिनेट मिडिया सेन्टर नेपालका निर्देशक डक्ट प्रसाद धितालको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन कार्यक्रममा प्रेस सेन्टर बाँकेका उपाध्यक्ष सीता वलीले स्वागत गर्नुभएको कार्यक्रममा खजुरा गाउँपालिकाका प्रबक्ता एवं वडा नम्बर २ का अध्यक्ष धनराम वली, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिब सिराज खान, नीति तथा परामर्श समिती सदस्य सुशील शर्मा, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गोविन्द आचार्य, प्रमुख प्रक्षिक्षक शंकर प्रसाद खनाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०का लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, जिल्ला अध्यक्ष राजेश आचार्य र इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक प्रेम प्रसाद रेग्मीले प्रशिक्षार्थी पत्रकारहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार