मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

नेपालगन्ज जामा मस्जिदमा उपसंघर्ष समिति गठन

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२६ माघ २०८१, शनिबार

बाँके । दारुल उलूम फैजुन्नबी जामा मस्जिद ईदगाह संचालक समिति अन्तर्गत रहेको संघर्ष समितिको नेतृत्वमा नेपालगन्जमा उपसंघर्ष समिति गठन गरिएको छ।

नेपालगन्ज जामा मस्जिदको संरक्षण, व्यवस्थापन तथा समुदायका हकहितका सवालमा सक्रिय भूमिका खेल्ने उद्देश्यले गठन गरिएको यस उपसंघर्ष समितिमा सचिवालय संयोजक बकर अलि राई, प्रवक्ता बाबु खा पठान, सचिव हसन खान, कोषाध्यक्ष सुल्तान खान तथा कार्यसमिति सदस्य नौसाद सल्मानीको महत्वपूर्ण भूमिका रहनेछ।

उपसंघर्ष समिति गठनका क्रममा उपस्थित पदाधिकारीहरूले मस्जिदका व्यवस्थापन, धार्मिक तथा सामाजिक समन्वय, तथा आवश्यक सुधारका विषयमा व्यापक छलफल गरेका थिए। साथै, स्थानीय समुदायसँग सहकार्य गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधिहरूलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको छ।

यसैक्रममा, नेपालगन्जका विभिन्न क्षेत्रहरूमा समेत उपसंघर्ष समितिहरू गठन गर्ने निर्णयअनुसार जानकी गाउँपालिका–५, कोहलपुर नगरपालिका–४, र नेपालगन्ज उपमहानगरपालिका–१६ मा समेत उपसंघर्ष समिति गठन गरिएको छ। स्थानीय तहमा गठन भएका यी समितिहरूले समुदायका धार्मिक तथा सामाजिक सवालमा क्रियाशील रहने तथा मस्जिद व्यवस्थापनलाई प्रभावकारी बनाउन योगदान दिने लक्ष्य राखेका छन्।

संघर्ष समितिका पदाधिकारीहरूका अनुसार, जामा मस्जिदको व्यवस्थापन, विकास र संरक्षणका लागि स्थानीय समुदायको सहकार्य अपरिहार्य रहेको छ। तसर्थ, नवगठित समितिले सबै पक्षलाई समेटेर मस्जिदको हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार