मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

बाँकेमा स्पा, मसाज सेन्टर र खाजा घरको अनुगमन अवैध गतिविधिमा संलग्न १८ जना पक्राउ

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

बाँके । बाँके जिल्लामा सञ्चालन भइरहेका विभिन्न स्पा, मसाज सेन्टर तथा खाजा घरहरूमा गरिएको सयुंक्त अनुगमनका क्रममा अवैध तथा गैर–व्यवसायिक क्रियाकलापमा संलग्न १८ जना पक्राउ परेका छन्।

आइतबार नेपालगन्ज र कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न स्थानमा प्रहरीले गरेको आकस्मिक अनुगमनका क्रममा सम्बन्धित व्यवसायका सञ्चालकसहित ११ जना महिला र ७ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

अनुगमनका क्रममा सेवाग्राहीको नाममा चलाइएका संरचनाभित्र नियमविपरीत हुने गतिविधि, दर्ता नवीकरणमा लापरबाही, लाइसेन्समा उल्लेखित सेवाभन्दा फरक सेवा प्रदान गरिएको जस्ता अनियमितता भेटिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाको पहिचान खुलाइएको छैन। उनीहरू सबैमाथि आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता, प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताए ।

प्रहरीका अनुसार अनुगमन र नियन्त्रण प्रक्रिया आगामी दिनमा पनि कडाइका साथ सञ्चालन गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार