मुख्य समाचार
निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न |

माओवादी केन्द्र बाँकेलाई हेर्नलायक पार्टी बनाउछु - संयोजक नरेन्द्र पाण्डे

यूथ टुडे समाचारदाता 3409+ समाचार ( )
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेलाई हेर्नलायक पार्टी बनाउछु, पार्टी अब यथास्थितिमा रहदैन, छलाङ मार्छ भन्दै बाँके जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे (जेम्स) ले एक कार्यक्रमका बीच बताउनु भयो ।
२३ श्रावण २०८०, मङ्गलबार

नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेलाई हेर्नलायक पार्टी बनाउछु, पार्टी अब यथास्थितिमा रहदैन, छलाङ मार्छ भन्दै बाँके जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे (जेम्स) ले एक कार्यक्रमका बीच बताउनु भयो । बाँके अबस्थित प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला समिति र पालिका पदाधिकारीकारीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष जेम्सले मंगलबार नेपालगन्जको ग्यालेक्सी दरबारमा सो कुरा बताउनु भएको हो ।

माओवादी केन्द्रको केन्द्रीय बैठकले गरेको रुपान्तरणको  अभियानले बाँकेमा पार्टीको रक्तसञ्चार हुने अध्यक्ष जेम्सको जिकिर थियो । अध्यक्ष जेम्सले भन्नुभयो, अब जिल्लामा कुनै पनि गुट उपगुट छैन । जिल्ला पार्टीले सबै भ्रम चिरेको छ । उहाले थप्नु भयो,अग्रजको सल्लाह अनुसार सबै जनवर्गीय संगठनलाई सहि तरिकाले चलाउन यस्तै बैठक गरेर काम अगाडि बढाउने ठोस निस्कर्षमा पुगेको छु । त्यसै क्रममा आज तपाईहरुसँग बसेको हुँ । माओवादी केन्द्रले सुरु गर्न लागेको तीन महिने अभियानलाई पार्टी बलियो बनाउने अभियानका रुपमा प्रयोग गरेर जिल्लाका सबै पालिका पार्टीलाई बलियो र जनताका काम गर्न परिचालन गरिने संयोजक जेम्सले बताउनु भयो ।

प्रेस सेन्टर बाँके जिल्ला समितिले आयोजना गरेको सो कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सचिव सिराज खान, केन्द्रीय सदस्य शिव सुनार, डाक्टर डक्टप्रसाद धिताल, प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, सचिव आलम खान, जिल्ला सचिब केपी घिमिरे लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । पार्टी र संगठन बीचको सम्बन्ध हिजोको जस्तो हुनुभएन भन्ने भनाई अधिकांश बक्ताहरुको थियो । कार्यक्रमको समापन अध्यक्ष राजेश आचार्यले गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार