मुख्य समाचार
सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट |

भोकमरी सुरु भएपछि राहतका लागि नरैनापुरमा किसानको भिड

यूथ टुडे समाचारदाता 3305+ समाचार ( )
नरैनापुर गाउँपालिकामा भोकमरी सुरु भएको छ । भोकमरी सुरु भएपछि सर्बसाधारण नागरिकहरु राहत माग्न गाउँपालिका आउन थालेका छन्
२ अशोज २०७९, आइतबार

बाँके । नरैनापुर गाउँपालिकामा भोकमरी सुरु भएको छ । भोकमरी सुरु भएपछि सर्बसाधारण नागरिकहरु राहत माग्न गाउँपालिका आउन थालेका छन् । सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको पीडितले बताएका छन् । 

नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुर निवासी कृष्णावती मौर्यले सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा भोकमरी सुरु भएको बताइन् । ‘घरमा भएको अनाज सबै सकियो, खेतबारीमा बालीबोट छैन,’ उनले भनिन् ‘भोकमरीले छट्पटी सुरु भएपछि गाउँपालिका आएकी हुँ ।’ गाउँपालिका पुगेर कृष्णावतीले अध्यक्ष ईश्तियाक अहमद शाहलाई भेटेर खाद्यान्न ब्यवस्था मिलाईदिन अनुरोध गरेकी थिइन् । 

कृष्णावती जस्तै नरैनापुर गाउँपालिका वडा नम्बर ४ की रिता कलवारको समस्या पनि उस्तै छ । उनीसँग रहेको करिव ६ कठ्ठा जमिन यसवर्ष बाँझै छ । खेतबारी बाँझै छ । घरमा राखिएको अनाज पानी रित्तिसक्यो ।

भोकमरी सुरुभएपछि गाउँपालिका आउनुको विकल्प नभएको उनले पनि सुनाईन् । ‘भोकभरीले सताउन थालेपछि गाउँपालिका आएकी हुँ,’ रिताले भनिन् । 

नरैनापुरमा यसवर्ष कुल खेतीयोग्य जमिनको करिव १५ प्रतिशतमा मात्र खेती भएको गाउँपालिकाको तथ्यांक छ । सुख्खा खडेरीका कारण खेत गर्न नपाउँदा अधिकांस किसानको खेतबारी बाँझै रहेका छन् । गाउँपालिकाले नरैनापुरलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र संघिय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा ३÷३ वटाका दरले डिप बोरिङको ब्यवस्था गर्न माग गरेको थियो ।

गाउँपालिका अध्यक्ष शाहले यसअघि अर्थमन्त्री जनार्दन शर्मालाई नरैनापुरमै लगेर स्थलगत निरीक्षण गराएका थिए । यसका साथै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, प्रदेश सांसद कृष्णा केसी नमुना लगायतले पनि स्थलगत निरीक्षण गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार