मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

मनोमानी तरिकाले टिकट वितरण गरेको भन्दै कांग्रेस नेतृ संगिताद्धारा उपाध्यक्षको टिकट फिर्ता

महमूद आलम खान 1133+ समाचार ( )
राप्ती सोनारीका ९ वटै वडामा कांग्रेस बाँके क्षेत्र नम्बर १ ले वडाअध्यक्ष र वडासदस्यका लागि टिकट वितरण गरेको थियो ।
१२ वैशाख २०७९, सोमबार

बाँके । राप्ती सोनारी गाउँपालिकाको ९ वटै वडामा मनोमानी तरिकाले टिकट वितरण गरेको भन्दै कांग्रेस नेतृ संगिता थारुले उपाध्यक्षको टिकट फिर्ता गरेकी छन् । राप्ती सोनारीका ९ वटै वडामा कांग्रेस बाँके क्षेत्र नम्बर १ ले वडाअध्यक्ष र वडासदस्यका लागि टिकट वितरण गरेको थियो ।

नेपाली कांग्रेस जिल्ला र क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले मनोमानी तरिकाले राप्ती सोनारी गाउँपालिकाको ९ वटै वडामा टिकट वितरण गरेकाले कांग्रेसमा असन्तुष्टी भएको उनको भनाई छ । 

असन्तुष्टीले कांग्रेसको जित्ने आधार नहुँदा र टिकट वितरणमा मनोमानीले कांग्रेसका विभिन्न ब्यक्तिले पार्टी परित्याग गरी राप्रपाबाट उम्मेदवारी दर्ता गराउनुका साथै धेरै ब्यक्तिले बागी उम्मेदवारी दर्ता गराएकाले आफ्नो उम्मेदवारी फिर्ता लिएको नेतृ संगिताले विज्ञप्तीमार्फत प्रष्ट्याएकी छन् । 

उनी नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ बाट पार्टीको महाधिवेशन प्रतिनिधी छिन् । यही बैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस राप्ती सोनारी गाउँपालिका कार्यसमितिबाट उनको नाम गाउँपालिका अध्यक्षमा सिफारिस भएको थियो । तर, कांग्रेस जिल्ला कार्यसमिति संसदिय दलले आइतबार बेलुका राप्ती सोनारी गाउँपालिका अध्यक्षमा तप्त पौडेल र  उपाध्यक्षमा संगितालाई टिकट दिने निर्णय गरेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार