मुख्य समाचार
बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा |

बाँकेमा नवदुर्गा भवानीकाे मूर्ति आज बिर्सजन गरिदैं, ड्रोन मार्फत सुरक्षा निगरानी

यूथ टुडे समाचारदाता 3411+ समाचार ( )
फाइल फोटो
८ कार्तिक २०८०, बुधवार

बाँके । विगत नौ दिनदेखि पूजाआजा गरिँदैं आएका मूर्ति आज बिसर्जन गरिने भएको छ । घटस्थापनदेखि नौ दिन नवरात्रसम्मका लागि प्रतिस्थापन गरिएका अस्थायी नवदुर्गा भवानीको मूर्ति पूजाआराधना गरि जलासयमा आज बिसर्जन गरिने तयारी गरिएको युवा नेता रबि बर्माले बताए ।

बाँकेको बिभिन्न ठाउँमा मधेशी समुदायले विगत नौ दिनदेखि बिजया दशमीको दुर्गा भवानी पूजा गर्दै आएका थिए। घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति नवमीको दिन हवन यज्ञमा पूर्णाहुति दिई दशमीको दिन बिसर्जन गर्ने गरिन्छ। मूर्तिलाई बजार क्षेत्रको परिक्रमा गराई आज राप्ती नदीको जलाश्यमा विसर्जन गरी विजया दशमी सकिने छ ।

नवदुर्गा भवानीको नवरात्र भरी पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेकोले तराई क्षेत्रमा दशै अर्थात दशहरामा बिशेष गरि ९ दिनसम्म ब्रत बसी दुर्गा आराधना गरि मनाउने गरिन्छ।

९ दिन सम्म दुर्गा भवानीको बिभिन्न ९ रुपको पूजा गर्ने, कथा वाचन तथा श्रवण गर्ने लगायतका कार्यक्रम गरि नवमीमा हवन गरे पछि व्रत तोड्ने गरिन्छ। दशौ दिन मूर्ति बिर्सजन गर्नु भए पनि मंगलबार परे पछि ११ औँ दिनमा आज धुमधामका साथ बिर्सजन गर्न लागिएको हो । 

दुर्गा मूर्ति बिसर्जनको समय हुन सक्ने हुलदंगालाई नियन्त्रण गर्न बाँके प्रहरीले मूर्ति बिसर्जनमा सुरक्षा ब्यवस्था कडा पारेको छ भने ड्रोन मार्फत सुरक्षा निगरानी गरिने बाँके प्रहरीले जनाए छ । साथै मुर्ति बिसर्जनको समयमा कुनै प्रकारको हातहतियार प्रदर्शन गरेको पाइए कानुन बमोजिम कारवाही गर्ने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार