मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सामाजिक सुरक्षा कोषको दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
नेपालको संविधानको धारा ३४ ले योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई मौलिक हकका रुपमा नै उल्लेख गरिएको पन्थीले बताउनुभयो ।
१९ फाल्गुन २०७९, शुक्रबार

नेपालगन्ज । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहुँच औपचारिक तथा अनौपचारिक क्षेत्रमा सबैलाई जानकारी तथा सबैको पहुँचमा पुर्याउनका लागि तालिमको आयोजना गरिएको थियो । हिजो र आज गरेर दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोषको सभाहलमा आज पत्रकार भेटघाट कार्यक्रम बताइएको हो । बबरमहलस्थित सामाजिक सुरक्षा कोषबाट उप कार्यकारी निर्देशक बिबेक पन्थी , निर्देशक उत्तमराज नेपाल , उप निर्देशक दिनेश कोइराला र श्रम तथा रोजगार कार्यालय नेपालगन्जका प्रमुख रुद्र नारायण शाहले तालिम दिनु भएको कोषका निर्देशक उत्तमराज नेपालले बताउनुभयो । 

२५ जना रोजगारदात र ट्रेड युनियन कर्मीहरुलाई दुई दिने उक्त तालिममा सहभागी गराइएको थियोे भने उक्त तालिमको सम्पन्न पश्चात् उद्योगी तथा पत्रकारहरुसित अन्तरक्रिया कार्यक्रम गरिएको हो । तालिममा उक्त कोषका फाइदाहरु र अनिवार्य सबैलाई सुचिकृत गराउनका लागि सबैले पहल गर्नुपर्नेमा जोड दिइएको थियो । अन्तर्राष्ट्रिय श्रम संगठन अनुसार नेपालमा पनि उक्त कोष स्थापना भएको हुदै सबैलाई स्वास्थ्य, पेन्सन, उपलब्ध गराउन कोष सक्षम रहेको उप कार्यकारी निर्देशक पन्थीले बताउनुभयो । नेपालको संविधानको धारा ३४ ले योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई मौलिक हकका रुपमा नै उल्लेख गरिएको पन्थीले बताउनुभयो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा कार्यालय नेपालगन्जका प्रमुख रुद्र नारायण शाहले योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना भएपछि श्रम कार्यालयलाई धेरैले सहयोग पुगेको बताउनुभयो उहाँले उक्त कोषमा सुचिकृत भएका उद्योग कलकारखानाबाट लेनदेन सम्बन्धि कुनै पनि मुद्दा श्रम कार्यालय नआएको बताउनुभयो । श्रम कार्यालयले नियमित रुपमा अनुगमन गर्ने पनि उहाँको भनाइ रहेको थियो । 

उक्त समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ तालिममा सहभागीहरुले उक्त तालिमको सदुपयोग गर्नेगरी काम गर्ने बताउएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार