मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सामाजिक सद्भाव र संस्कृतिलाई जोड्ने नरैनापुरमा मेला सुरु

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
२८ माघ २०८१, सोमबार

बाँके । बाँकेको नरैनापुर गाँउपालिका वडा नं २ मियाँ पुर्वामा विगत डेढ सय बर्षदेखि हरेक बर्ष धर्मगुरुको सम्झनामा लाग्दै आएको मेला आज सोमबारबाट सुरु भएको छ ।

नरैनापुर गाँउपालिका वडा नम्बर २ को गंगापुर मियाँपुर्वामा आज देखि सुरु भएको मेलाको लुम्बिनी प्रदेश सभा सदस्य एंव पूर्व सहरी विकास मन्त्री कृष्णा केसी नमूनाले उद्घाटन गर्नु भयो । 

१८ बर्षसम्म पहाडमा तपस्या गरेर बसेका तत्कालीन धर्मगुरु खलिफा नुर अहमद शाहको सम्झनामा सन् १८५७ देखि हरेक बर्ष बसन्त पञ्चमीपछि मेला लाग्दै आएको छ ।

नरैनापुरको मियाँपूर्वामा लाग्दै आएको मेलालाई महत्वपूर्ण धार्मिक तीर्थस्थलका रुपमा खलिफा नुर अहमद शाहको मेलालाई लिइन्छ । बाँके, बर्दिया, सुर्खेत र भारतको उत्तर प्रदेशका श्रद्धालुहरु ठूलो संख्यामा आउने भएकोले यस क्षेत्रकै ठूलो धार्मिक गन्तव्यका रुपमा उक्त मेलालाई लिने गरिएको छ । 

कार्यक्रमको उदघाटन गर्दै प्रदेश सभा सदस्य नमूनाले नरैनापुरको मेलाले सामाजिक सदभाव, संस्कार र संस्कृतिलाई एकापसमा जोड्ने काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यस मेलाले फरक समुदायलाई एकै ठाउँमा पनि जोडेको छ ।’    

उदघाटन कार्यक्रमका बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य एंव जनता समाजबादी पार्टी नेपालकि केन्द्रीय सदस्य अम्बिका काफलेले भन्नुभयो,“नरैनापुरको मेलाले विभिन्न समुदायलाई एकै ठाउँमा जमघट गराउने माध्यम बनाइदिएको रहेछ, सामाजिक सद्भावको विकास र केही नयाँ कुरा सिक्ने अवसर जुराएको छ, यहाँको सिकाइ अन्यत्र पनि प्रयोग गर्नु अति उपयोगी हुनेछ, यसले एकापसमा आत्मीयताको भावना बढाउँदै जानेछ ।”,   

कार्यक्रममा बोल्दै नेपाली काग्रेश बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीले, सामाजिक रीतिरिवाज, सम्बन्ध स्थापना, अनुशासन, मेलमिलाप, आपसी सहयोगजस्ता सम्बन्ध मेलाले विस्तार गर्ने जिकिर गर्नु भयो । 

कार्यक्रममा बोल्दै जसपा नेपालका लुम्बिनी प्रदेशका मुख्य सचिव राजन राना मगरले“अन्य ठाउँको तुलनामा यहाँको मेला बेग्लै खालको पाइयो, नयाँ ठाउँ भए पनि नौलोपनको आभास भएन”, उहाँले भन्नुभयो, “भाइचाराको सम्बन्ध स्थापित, पारिवारिक र आनन्ददायी वातावरण देख्दै लोभलाग्दो छ, ऐतिहासिक र पौराणिक मेला भएको उल्लेख गर्नु भयो ।  

नरैनापुर गाँउपाालिकाका अध्यक्ष सैयद इश्तियाक अहमद शाहले भन्नुभयो,जन्मजन्मान्तरसम्म सामाजिक र धार्मिक दृष्टिले गरिएकासबै पाप नाश भएर जाने धार्मिक विश्वासले पनि यो मेलामा टाढा टाढाबाट श्रद्धालुहरु आउने गरेको जिकिर गर्नु भयो । 

उहाँले भन्नुभयो नरैनापुरमा रहेको धार्मिक स्थलहरुलाई पर्यटकिय गन्तव्य रुपमा विकास गर्न आफू लागी परेको बताउदै प्रदेश र संघीय सरकारले सहयोग गर्न जरुरी रहेको बताउनु भएको थियो ।

सबै धर्मका मानिसहरु पुगेर रमाइलो गर्ने र आपसी सद्भाब बढाउने यो मेलाको बिशेषता रहेको वडा अध्यक्ष मसूद अहमद शाहले बताउनुभयो । यसैगरी मेलास्थलमा रहेको खलिफा सैयद नुर अहमद शाहको मजारप्रति दर्शालुहरुको धार्मिक आस्था रहेकाले च्यादर चढाउने, भाकल हाल्नेहरुको पनि मेलामा भीड लाग्ने स्थानीय विनय दिक्षितले बताउनु भएको थियो  । मेला एक सातामा संचालन हुने वडा नं. १ का अध्यक्ष इसाक जोलाहले जानकारी दिनु भयो । कार्यक्रममा जसपा नेपाल बाँकेका अध्यक्ष कौशल धोबी, सचिव सूर्यलाल यादव, बिनय दिक्षित लगायतले बोल्नु भएको थियो भने कार्यक्रमको संचालन नरैनापुरका विपत शाखा प्रमुख भरत महतोले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार