मुख्य समाचार
हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा | बाल संरक्षण सेवा प्रवाह प्रभावकारी बनाउन जानकीमा तीनदिने तालिम सम्पन्न | बर्दियाको ठाकुरद्धारामा सडक नाटक तथा अभिनय क्षमता विकास तालिम सम्पन्न | निरजला–शुसिला स्मृति अक्षयकोषद्वारा छात्रा शिक्षामा निरन्तर सहयोग | विश्व वातावरण दिवसमा बर्दियामा विविध कार्यक्रमसहित अगुवालाई सम्मान | बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण |

पत्रकार गुप्ता माथि भएको आक्रमणको निन्दा, दोषीहरुलाई पक्राउ गर्न माग

यूथ टुडे समाचारदाता 3412+ समाचार ( )
समाचार संकलन गर्न पुगेका पत्रकार गुप्ता माथि आक्रमण
१३ कार्तिक २०७९, आइतबार

बाँके । समाचार सम्बन्धि रिर्पोटिङ्गका क्रममा नेपालगञ्जमा पत्रकार माथि ज्यानमारा आक्रमण भएको छ । समाचार संकलनका क्रममा एक्सप्रेस सिटी मिडिया हाउस प्रा. लि. द्वारा संचालित एक्स्प्रेस सिटी न्यूज डटकमका सम्पादक अमित गुप्ता माथि सामुहिक रुपमा भएको आक्रमण प्रति एस मिडियाले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गत कार्तिक १० गते बिहान करिब ११ बजे बिहीबार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १७ नदाई गाँउ नजिकै तस्करी भईरहेको आधिकारीक पाए पछि सम्पादक गुप्ता सम्बन्धित क्षेत्रमा पुगेको बेला अकस्मात पछाडिबाट सामुहिक आक्रमण भएको मिडियाका निर्देशक रामदिन तेलीले जानकारी दिए ।

त्यस बेला उनी माथि करिब ६ जनाको समुहले ज्यान मर्ने गरि कुटपिट गरी घाइते बनाएका थिए । कुटपिट गर्दा सम्पादक गुप्ताद्धारा खिचिएका फोटाहरु डिलिट गरेर मोबाइल समेत फुटाई दिएका छन । गुप्ताको हात भाचिएको छ भने अन्य शरीरका विभिन्न अंगमा निलडाम बसेको छ ।

नाजुक अवस्थामा पुगेका गुप्तालाई उपचारका लागि भारतको बहराईच लगिएको थियो भने हाल उनी अहिले बेडरेस्टमा रहेका छन । नेपाल संविधानले व्यवस्था गरे अनुरुप सम्पादक गुप्ताले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा यस्तो जघन्य अपराधिक गतिविधिमा संलग्न आरोपीहरुलाई यथाशिघ्र कानुनी दायरामा ल्याई स्वतन्त्र पत्रकारिता प्रत्याभुति गराउन सम्बन्धि निकाय समक्ष मिडियाले माग गरेको छ ।

यस अघि पनि बाँकेका बिभिन्न सञ्चारमाध्यममा आवद्ध पत्रकार माथि समाचार कै बिषयमा आक्रमण भए पनि सम्बन्धित निकायले खासै चासो नदेखाएको मिडियाकर्मीले गुनासो गर्दै आईरहेकै बेला यो घटना थपिएको छ । अहिले बाँकेमा स्वतन्त्र रुपमा पत्रकारिता गरिरहेका केही पत्रकारले स्वतन्त्र रुपमा समाचार संकलन गर्न नपाएको अनुभुति गरिरहेका छन ।

समाचारको बिषयमा केही गुनासो भएमा अर्को बिकल्प हुदाँ हुदैँ कानुन आफ्नो हातमा लिएर पत्रकार माथि पटक पटक आक्रमण हुदैँ आइरहेको छ । समाचारको बिषयमा केही गुनासो वा चित्त नबुझेमा प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघमा गुनासो, निवेदन वा उजुरी दिन सक्ने राज्यले व्यवस्था गरेको छ ।

पिडित पक्ष अनुसार नेपाल पत्रकार महासंघ बाँके, नेपाल प्रहरी लगायत पत्रकार संगठनहरुको ध्यानाकर्षण गराइएको र घटना सम्बन्धि उजुरी दर्ता गराउने प्रक्रियामा रहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार