मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
८ जेठ २०८३, शुक्रबार

बाँके । मानिसको जीवनको अन्तिम सत्य मृत्यु हो, र मृत्यु पश्चात गरिने अन्त्येष्टि हिन्दु संस्कारको अत्यन्त पवित्र तथा संवेदनशील परम्परा मानिन्छ। यही धार्मिक तथा मानवीय संवेदनालाई केन्द्रमा राख्दै बाँकेको जानकी गाउँपालिका–५ गुरुवा गाउँमा व्यवस्थित हिन्दु शमशान घाट “वैकुण्ठ धाम” निर्माण गरिएको छ ।

वर्षौंदेखि अन्त्येष्टिका लागि उपयुक्त स्थान नहुँदा पीडित बन्दै आएका स्थानीय बासिन्दाले अब आफ्नै गाउँमा सम्मानपूर्वक अन्तिम संस्कार गर्न पाउने भएका छन्। गाउँपालिका र वडा कार्यालयसमक्ष पटक–पटक माग उठेपछि वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादव को पहलमा वडा कार्यालय र गाउँपालिकाको करिब १० लाख रुपैयाँ लागतमा “वैकुण्ठ धाम” निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

स्थानीयवासीका अनुसार यसअघि गरिब तथा भूमिहीन परिवारले मृतकको अन्त्येष्टि गर्न निकै अपमान र पीडा सहनुपर्थ्यो। कतिपय अवस्थामा जमिनधनीले आफ्नो जग्गामा दाहसंस्कार गर्न नदिँदा परिवारले घरआँगनमै अन्त्येष्टि गर्न बाध्य भएको स्थानीयहरूको भनाइ छ ।

वडा अध्यक्ष यादवले “वैकुण्ठ धाम” निर्माणको सम्पूर्ण प्रक्रिया चरणबद्ध रूपमा सम्पन्न गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार पहिलो चरणमा स्थानीयहरूको भेला तथा सहभागिताबाट जग्गा सुनिश्चित गरी तारबार गरेर सुरक्षित बनाइएको थियो। त्यसपछि समरसेबल बोरिङ जडान, विद्युत पोल तथा तार विस्तार गरी आवश्यक विद्युतीकरण गरिएको बताउनुभयो ।

उहाँले तेस्रो चरणअन्तर्गत बोरिङको सुरक्षा, विद्युत मिटर जडान तथा मलामी आउने श्रद्धालुहरूका लागि पानी भण्डारण र स्नान गर्ने व्यवस्थासमेत गरिएको जानकारी दिनुभयो ।

वडा अध्यक्ष यादवका अनुसार १९ कठ्ठामा निर्माण गरिएको “वैकुण्ठ धाम” जिल्ला प्रशासन कार्यालय र गाउँपालिकामा आधिकारिक रूपमा दर्ता भइसकेको छ।

उहाँले भन्नुभयो, “शमशान घाट केवल दाहसंस्कार गर्ने स्थान मात्र होइन, यो मानव जीवनको अन्तिम विश्रामस्थल हो। त्यसैले यसलाई सम्मानजनक, स्वच्छ र व्यवस्थित बनाउन आवश्यक छ ।”

उहाँले धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई जोड दिँदै मुस्लिम समुदायका लागि कब्रिस्तान व्यवस्थापन गर्न पनि बजेट विनियोजन गरी निर्माण कार्य गरिएको बताउनुभयो।

“हामी सबै धर्म र समुदायको सम्मान गर्छौँ। हिन्दु समुदायका लागि वैकुण्ठ धाम जति आवश्यक छ, मुस्लिम समुदायका लागि व्यवस्थित कब्रिस्तान पनि त्यत्तिकै महत्वपूर्ण हो,” अध्यक्ष यादवले भन्नुभयो।

“वैकुण्ठ धाम” समितिका अध्यक्ष विमल कुमार बर्माले यस पवित्र कार्यमा सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले गाउँपालिका अध्यक्ष छब्बन खान, उपाध्यक्ष रामप्यारी यादव तथा वडा अध्यक्ष टिकानाथ यादवको विशेष योगदान रहेको बताउनुभयो।

त्यस्तै, विधान निर्माण तथा व्यवस्थापन प्रक्रियामा सहयोग पुर्‍याउने डा. कौशल कुमार बर्मा सहित समाजसेवी जगत राम बर्मा, राकेश बर्मा, सोहन यादव, कृपाल बर्मा, विष्णु यादव, सनेही खटिक, जोरदार अहिर, कृपाराम अहिर, लालु यादव, श्रावण यादव, ओमकार गुप्ता, पटेशर हरिजन, मनोज बर्मा, होमराज बर्मा, जीत बर्मा, सर्वेक्षक विजय धोबी, गोकुल यादव  र चित्रकुमार तिवारी लगायतको योगदानले यो कार्य सम्भव भएको उहाँले उल्लेख गर्नुभयो।

स्थानीय सनेही खटिकले “वैकुण्ठ धाम” निर्माणले अब वडा नम्बर ४ लगायत आसपासका विपन्न तथा निम्नवर्गीय परिवारलाई समेत सहज रूपमा अन्त्येष्टि गर्न ठूलो राहत मिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिले मृतकको अन्त्येष्टि गर्न ठाउँ नपाएर धेरै दुःख पाइन्थ्यो। अहिले आफ्नै गाउँमा पवित्र वैकुण्ठ धाम बनेपछि सबैलाई सम्मानपूर्वक अन्तिम संस्कार गर्न सहज भएको छ ।”

धार्मिक आस्था, सामाजिक एकता र मानवीय संवेदनालाई एकैसाथ जोड्ने उद्देश्यले निर्माण गरिएको “वैकुण्ठ धाम” अहिले गुरुवा गाउँको गौरवपूर्ण पहिचानका रूपमा स्थापित हुन थालेको स्थानीयवासी बताउँछन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार