मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न लुम्बिनी प्रदेश प्रमुख शेरचनको आग्रह

महमूद आलम खान 1133+ समाचार ( )
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताएका हुन् ।
२६ फाल्गुन २०७८, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीबार दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अवलोकन गर्दै प्रदेश प्रमुख शेरचनले स्वास्थ्य र शिक्षा संवेदनशील क्षेत्र भएकाले राजनीतीकरण गर्न नहुने बताएका हुन् ।

‘स्वास्थ्य उपचार नागरिकको जीवनसँग जोडिएको सबैभन्दा महत्वपूर्ण कुरा हो’ उनले भने, ‘यसमा राजनीतीकरण गर्न थालिए समस्या उत्पन्न हुन्छ सक्छ ।’ शेरचनले मेडिकल साइन्स् जीवन प्रदान गर्ने क्षेत्र भएकाले निष्पक्ष ढंगले काम गर्दै स्वास्थ्य सेवाको विकासमा लाग्नु पर्नेमा जोड दिए ।

प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तारसँगै मेडिकल शिक्षा सञ्चालन गर्न उनले आग्रह गरे । उनले प्रतिष्ठानको स्तरउन्नतिका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार भएको बताए ।प्रतिष्ठानका शिक्षाध्यक्ष डा। बसन्त लामिछानेले आगामी शैक्षिक सत्रदेखि शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए ।प्रतिष्ठानमा विएसी नर्सिङ, डिएनएस र ब्याचलर अफ फार्मेसीको अध्यापन सुरु हुने प्रतिष्ठानका शिक्षाध्यक्ष लामिछानेले जानकारी दिए ।

प्रदेश प्रमुख शेरचनसहित प्रतिष्ठानका शिक्षाध्यक्ष डा। बसन्त लामिछाने, प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञासिंह बस्नेत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमलगायतले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार हुन लागेका पूर्वाधाहरूको अवलोकन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार