मुख्य समाचार
बर्दियाको ठाकुरबाबा र राजापुरका युवा महिलालाई व्यवसायमका लागि स्टार्ट–अप सहयोग | विश्व वातावरण दिवसमा जानकीमा हरियाली अभियान : कन्या विद्यालय परिसरमा रोपियो बिरुवा | दुई वर्षअघि भएको जसपा नेपाल विभाजन सर्वोच्चबाट बदर | मानव बेचबिखन नियन्त्रण समिति र बाल अधिकार समितिको समिक्षा गोष्ठी सम्पन्न | बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण | वडा सदस्य रामधिरज यादवको निधनमा जानकी गाउँपालिकामा सोमबार शोक बिदा | नेपालले पनि भारतको सीमा मिचेको छ : प्रधानमन्त्री शाह | मधुवन नगरपालिकामा ३ दिने ईसीडी शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम सफलतापूर्वक सम्पन्न | यादव सेवा केन्द्रको अध्यक्षमा सोहनलाल यादव निर्विरोध, महासचिवमा मिश्रिलाल यादव चयन | ब्राजिल र दक्षिण अफ्रिकास्थित दूतावास बन्द नगर्न एनआरएनए पूर्व पदाधिकारीको आग्रह |

सम्पादक ओम डाँगीलाई “सञ्चार सेवा पुरस्कार–२०८२” प्रदान

यूथ टुडे समाचारदाता 3407+ समाचार ( )
१३ कार्तिक २०८२, बुधवार

नेपालगञ्ज । मानव अधिकार, सुशासन र सामाजिक सद्भाव प्रवर्द्धनमा सञ्चार माध्यममार्फत पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै चौतारी मिडियाका सम्पादक ओम राज डाँगीलाई “सञ्चार सेवा पुरस्कार–२०८२” प्रदान गरिएको छ ।

मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रले आयोजना गरेको “सद्भाव, सुशासन र सम्मान : मानव अधिकारमैत्री समाजतर्फको यात्रा” विषयक संवाद कार्यक्रम तथा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको विदाई समारोहका अवसरमा डाँगीलाई सम्मान गरिएको हो ।

पुरस्कार केन्द्रका अध्यक्ष आलम खानको उपस्थितिमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, पूर्वमन्त्री सर्वदेव ओझा र राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जकी प्रमुख द्धारीका अधिकारीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो ।

डाँगीले सत्यनिष्ठा, निष्पक्ष पत्रकारिता र मानव अधिकारप्रतिको संवेदनशील दृष्टिकोणमार्फत समाजमा सचेतना, जिम्मेवारी र सकारात्मक सोचको वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको आयोजक संस्थाले जनाएको छ ।

सत्य र न्यायका पक्षमा दृढ प्रतिबद्धता राख्दै सञ्चारलाई परिवर्तनको माध्यम बनाउने डिसीज्यूको पत्रकारिता यात्रालाई प्रेरणादायी र अनुकरणीय भन्दै मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रले उहाँप्रति गहिरो प्रशंसा व्यक्त गरेको छ । साथै, केन्द्रले उहाँको निरन्तर सफलता, सुदृढ स्वास्थ्य र उज्ज्वल भविष्यको कामना गर्दै सम्मानपत्र अर्पण गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार