मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |
मुख्य समाचार
नेपालगन्जका स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापन क्षमता अभिबृद्धि तालिम प्रदान | सुष्मा कोईराला मेमोरियल क्याम्पसको तिन दशक ः दुई हजार भन्दा बढी बिद्यार्थी उत्पादन | खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन |


प्रेस युनियनलाई नेपालगन्ज ग्रिनसिटीेले दियो निशुल्क जग्गा

यूथ टुडे समाचारदाता 3306+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार

बाँके । नेपाल प्रेस युनियन, बाँकेको जग्गा अन्ततः सुनिश्चित भएको छ । नेपालगन्ज ग्रिनसिटी प्रा.लि.ले युनियन बाँकेलाई आधा कठ्ठा जग्गा निःशुल्क रुपमा उपलब्ध गराएको हो । उक्त कम्पनीले युनियन बाँकेलाई जग्गा दिने निर्णय गरेसँगै जग्गाको सुनिश्चित भएको नेपालगन्ज ग्रिनसिटीका प्रबन्ध निर्देशक रसिद कुरैसीले जानकारी दिएका छन् ।  

‘युनियन बाँकेको आग्रहलाई स्वीकार गरेर हाम्रो कम्पनीले निःशुल्क रुपमा आधा कठ्ठा (१० धुर) जग्गा उपलब्ध गराउने पक्का भइसकेको छ,’ दूरसञ्चार डटकमसँग उनले भने ‘केहीदिन भित्रै हामी युनियन बाँकेको नाममा जग्गा नामसारी गरिदिन्छौं, अब युनियनले लालपुर्जा पाईहाल्छ ।’ संगठनका लागि जग्गा खोज्न युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले नेतृत्वदायी र प्रेस युनियन बाँकेका अग्रज श्रीराम सिग्देलले समन्वयकारी भूमिका निभाएका थिए । 

२०७६ फागुन २ गते निर्वाचित भएर आएपछि अध्यक्ष ओलीले संगठनका लागि जग्गा खोज्ने कार्यलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका थिए । त्यसलगत्तै कोरोना महामारीको संक्रमण फैलिएपछि जग्गा खोज्ने प्रक्रिया अगाडी बढ्न सकेन । पहिलो चरणको कोरोना महामारी केही कम भएपछि २०७७ माघ २५ गते बसेको जिल्ला कार्यसमिति बैठकले युनियन बाँकेको कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने भवन निर्माण गर्न जग्गा खोज्ने निर्णय सर्वसम्मत रुपमा गरेको थियो । 

संस्थालाई जग्गा प्राप्तीका लागि सरकारी तथा गैर सरकारी निकाय, सामाजिक तथा धार्मिक संघ संस्था, दाता लगायतलाई आग्रह गर्ने निर्णय गरेको थियो । बैठकले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र संस्थाका लागि आवश्यक पर्ने जग्गा खोजी गर्न विभिन्न सरकारी तथा गैर सरकारी निकाय र जग्गा दातासँग छलफल, समन्वय गर्न अध्यक्ष ओलीलाई नै सम्पूर्ण जिम्मेवारी दिने निर्णय गरेको थियो । 

‘संगठनको निर्णयपछि भने औपचारिक रुपमै प्रस्तावनाहरु तयार गरेर हामी करिव ९/१० जना जति जग्गा दातालाई भेट्यौंं, कतिपय दाताहरु युनियनलाई जग्गा दिन तयार हुनु भयो, तर कति जग्गाहरु नेपालगन्ज बजार क्षेत्रभन्दा बाहिर फेला परे, बजार क्षेत्रभित्रै कति ठाउँमा दाताहरु दिन तयार भएपनि जग्गामा किचलो भएको पाइयो, विवादमा परेर जग्गा लिन चाहेनौंं,’ ओली सम्झिन्छन् ‘त्यतिबेला ज-जसले हामीलाई विश्वास गरेर जग्गा दिन तयार हुनु भएको थियो, उहाँहरुको त्यो निर्णयलाई म नमन गर्दछु ।’ 

२०८० बैशाख २९ गते नेपालगन्ज ग्रिनसिटी प्रा.लि. समक्ष प्रस्तावना पेश गरेपछि भने उक्त कम्पनीले युनियन बाँकेलाई निःशुल्क जग्गा उपलब्ध गराएको हो । प्रस्तावनामा युनियनको भवन निर्माण उद्देश्य, युनियनको भवनमा समेट्ने विषय, संगठनको संरचना, भवन निर्माण प्रक्रिया लगायत कुराहरु समेटिएका छन् । युनियनको आफ्नै जग्गा भएपछि अब भवन निर्माण गर्ने बाटो खुलेको ओलीले बताएका छन् । 'जग्गा उपलब्ध गराउनु हुने दाता कम्पनीलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,' उनलेे भने ।

नेपालगन्ज ग्रिनसिटी प्रा.लि.बाट युनियन बाँकेले निःशुल्क जग्गा प्राप्त गरेको कुरा प्रेस युनियन बाँकेको सम्पन्न १२ औं जिल्ला अधिवेशनको उद्घाटन शत्रमा कम्पनीका प्रबन्ध निर्देशक कुरैसीको आग्रहमा अध्यक्ष ओलीले औपचारिक रुपमा घोषणा गरेका थिए । प्रालीको बोर्ड बैठकले पनि औपचारिक निर्णय गरिसकेको प्रबन्ध निर्देशक कुरैसीले बताए । 

युनियनले आफ्नो स्मारिका र बन्द सत्रमा प्रस्तुत सचिव विजय मल्लको सांगठनिक प्रतिवेदनमा पनि जग्गा सम्बन्धि विषयलाई प्रमुखताका साथ उल्लेख गरेको छ ।  

‘युनियनको आफ्नो भवन नहुँदा विगत तीन वर्षदेखी कोठा भाडा तिरेर भएपनि नियमित रुपमै कार्यालय सञ्चालन गर्यौं,’ उनले भने ‘अब जग्गा प्राप्त भईसकेपछि युनियनको भवन निर्माणलाई अगाडी बढाउन सहज भयो ।’ युनियन बाँकेका पुर्वअध्यक्ष नरेन्द्र थापाको कार्यकालमा युनियन बाँकेले आयोजना गरेको एक कार्यक्रमबाट बचत भएको रकम 'युनियन बाँकेको भवन निर्माण गर्ने' उद्देश्यले मुद्दती खातामा जम्मा गरिएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार